Thursday, June 11, 2020

३२ वर्ष अघिको त्यो एसएलसी र वाल्यकाल


सन्दर्भ: एसइइ बन्द
डा. सुरेश तामाङ
जेठ २९, २०७७ | बिहीबार | ललितपुर

३२ वर्ष अघिको त्यो एसएलसी र वाल्यकाल

Share to MessengerShare to WhatsApp

एसइइ त गयो । हिजो कस्तो कष्ट गरेर पास गरेको एसएलसी नाम फेरीएर एसइइ भएको थियो ।तर अवको परिक्षा नीति र अभ्यास के हुने ? पुरानै विधिमा अभ्यस्त हाम्रा शिक्षण संस्था, शिक्षक र विधार्थीलाई कस्तो लाग्ला ।


आज सरकारले एसइइ नलिने निर्णय भएको कुराले मलाई आफ्ना पुराना दिनहरुको याद आयो । करिव ३२ वर्ष पो भएछ त्यो बेलाको फलामे ढोका नाघेको पनि । यो जीवनमा धेरै कुराहरु भोगिएकोछ । वाल्यकाल र किशोर हुदाँको यथार्थ कहानी आज एसइइ बन्द हुदाँ सम्झेको छु। तिनै तितामिठा अनुभवहरुलाई आज इतिहास जस्तै बनेको छ।

यो मेरो जीवनको उतारचढाव, सुख, दुःखका भोगाइहरुको गाथा यो लेखको सार हो। नयाँ पिँढीलाई यो एकादेशको दन्ते कथा जस्तो पनि लाग्न सक्छ ? तर यसले अरुको जीवनमा पनि केहि सन्देश वा उर्जा दिने आशा गरेको छु । यसले कसैकसैको जीवनमा मार्गदर्शन गर्न पनि सक्ला ? यो सानो आलेख परिवारका सदस्यहरु अनि मेरो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्नुहुने सम्पुर्ण अभिभावकहरुमा पनि समर्पित गर्दछु ।
क) पहिलो स्कुल यात्रा
म २०२८ सालमा जम्मेको मान्छे हुँ । शायद ३ वा ४ वर्ष थिए होला । उति बेलाको शिक्षा र विद्यालयको अवस्था पनि फरक थियो। संखुवासभाको तुम्लिङटारमा एउटा स्थानीय प्राथमिक विद्यालय (मनकामना प्रावि हालको रत्न अम्बिका उच्च मावि) मात्र थियो । त्यसवेला आजकाल जस्तो मोन्टेश्वरी, प्रारंभिक वाल विकास (इसीडी) वा प्लेग्रुप भन्ने थिएन ।
मलाई स्कुल जान पनि कति हतार लागेको होला । सायद जाडोको मौसम रहेनछ । एक दिन घरमा पत्तो नै नदिइकन दाजु दिदी र छिमेकका केटाकेटीहरुको पछि लाग्दै म पनि स्कुल पुगेछु । खै शिशु कक्षा जस्तो लाग्छ । अरु पनि थुप्रै भुन्टाभुन्टीहरु गल्याङ्गगुलङ्ग गरिराखेका थिए । धुलाम्मे भुइँमा सबै खाली खट्टा, मैला धैला जो थिए । पुरानो एकतले माटोको भवन, झ्यालमा चौकोस मात्र थिए तर उदागो थियो । काठका पुराना बेन्च हो कि फल्याक मात्र थिए । मेरा वरिपरि अरु पनि थुपै साथीहरु पनि थिए । तर गुरुवा वा गुरुआमा कोहि पनि आएका थिएनन् ।
म निकै उत्साहित पनि थिए, कता कता मनमा डर पनि त थियो नै । एकछिनपछि त एक्कासी म झसँग भएँ । किनकि मैले आधा शरिर मात्र ढाकेको रहेछु । मेरो जीउमा माथितिर त खै गन्जी वा कमिज के थियो तर कम्मर मुनि भने सर्वाङ्गै केहि पनि लगएको रहेनछु । मेरो अनुहार लाजले कालो निलो भयो, जीउ सिरीङ्ग भयो, मुटु सारो सारो चल्न थाल्यो । मैले विस्तारै दैलातिर पाइलाहरु बढाए । दाँया बाँया र पछाडी नहेरीकन घर तिर दौडिए । मेरो घर र त्यो स्कुल बिच करिव २ देखि ३ किलोमीटर जतिको दुरी होला । म कतै नरोकिकन दौडेर घर फर्के । मुख सुकेर घाँटी पोल्दै दौडेको त्यो दिन अझै राम्रो याद छ । पछि कत्रो भएर फेरि स्कुल गएँ त्यो याद छैन । तर करिब १६ वर्ष पनि राम्रो नपुग्दै मैले २०४४ सालमा परिक्षा दिएर एसएलसी पनि उत्तिर्ण गरे ।
 
ख) अंग्रेजी मोह र विदेशीसँगको सम्बन्ध
करिब ५, ६ मा पढ्दा नै म विदेशीहरुसंग बोल्ने गर्थे । उसबेला पदयात्रा (ट्रेकिङ) र मकालु र सगरमाथा हिमाल आरोहणका लागि धरै पर्यटकहरु हाम्रो गाउँको बाटो हुदै जाने गर्दथे। जहाज र पैदल आएका विदेशीको बसाइ तुम्लिङटारनै हुने गर्दथ्यो। म उनीहरुसँग घुलमील गर्थे । एकजना अमेरीकीले त उसको देश गएर १२ थान रगिन नेश्नल जोग्राफिक म्यागिनको पुरै एकवर्षको अंकको सेट नै पठाइदिए । त्यसमध्ये कुनै अंकमा देखेर मैले फर्सिलाई खोपेर भुतको अनुहार जस्तो बनाइ राती मकै बारीमा मैनबत्ती राखेर मान्छे पनि तर्साएको थिए । म त दंग परेको थिए । अर्का एक इटालियन नागरिकले फोटो र केहि उपहार पठाएका थिए ।
एकदिन साथीहरुसंग खेल्दा खेल्दै आप खाने विचार भयो । सायद बर्षातको मौसम आप लटरम्मै फलेर पाकेका थिए । मैले साथीहरुलाई अंग्रेजीमा भन लेट्स गो एण्ड इट म्यागोज अलि परबाट मेरी आमा कराइन । आप मात्र खाओ त, मैले छल्ने प्रयास गरे । हामीले आँप खाने भनको छैन । आमाले कराउनुभो । मलाइ ढाँट्ने म्याङगो माने आँप होइन । मेरी आमाले त पढने मौका पाइनन् तर हामीले पढ्दा छेउमा बसेर ध्यानले सुनेर सिक्नुभाको रहेछ ।
कहिलेकाहि साँझमा निलकण्ठ मामा आउँथे । खानपीन पछि हराउँथे । हामीलाई सोभियत भुमि पत्रिका दिएर जान्थे । मलाई उहाँको अनुहारमा भएको कोठि याद छ । पछि थाहा भयो उहाँ त हालको जनता समाजवादीका नेता असोक राई पो हुनुहुँदो रहेछ । शायद पन्चयत कालमा उहाँ भुमिगत रुपमा हाम्रो जिल्लातिर संगठनको काममा सकृत थिए ।
ग) हिमालय मावि खाँदवारी
२०४३ सालमा म कक्षा ९ मा भर्ना भए । मैले इलामको मालापथ मुनि सुन्तलाबारी स्थित आदर्श मावि बाट कक्षा ८ उतिर्ण गरेको थिए । म राम्रो मध्यकै विधार्थी भएकोले प्रअले घर फर्कन झण्डै नदिएका । तुम्लिङटारबाट तिन ताका कक्षा ( ९ र १०) मा करिब २०, २५ विधार्थीहरु खाँदवारी जान्थे । जसमध्ये म सबै भन्दा सानो थिए । करिब २ घण्टा एकतर्फी पैदल उकालो चढेर जानु पर्ने । आजकाल जस्तो अरामदायी जुत्ता चप्पल पनि थिएनन् । त्यति मात्र कहाँ हो र ? विहान एक लगन घरबारीको काम (घाँसपात) गरेर मात्र हामी विधालय जान्थ्यौं । वर्षादमा हिलो र हिउँदमा धुलाम्मे हुने, विहान करिब २ घण्टाको उकालो । साँझमा फर्कदा भने दौडेको सुरमा अलि चाँडै घर पुगिन्थ्यो ।
एकदिन कक्षा ९ को हाम्रो सेक्सनमा अचानक प्रअ जंग बहादुर ठाकुर आए । उहाँसंग सबै सतर्क रहने र डराउने गर्थे । कक्षामा छड्के जाँच गर्न आएका रहेछन् । उनले केहि हचुवा प्रश्नहरु एकाध विधार्थीलाई उठाएर सोधे । त्यसमा हाम्री सुमित्रा दाहाल दिदी पनि परिन । उनी उठिन तर एक शब्द पनि निकालिनन् । खै डरले हो वा नजानेर थाहा भएन । प्रअले धेरै बल गरे । अन्तमा उनी कहाँबाट आएकी विधार्थी हो भनेर सोधे । मुखाले साथीहरुले प्वाक्क भने, तुम्लिङटारबाट । उहाँको मुखबाट प्याटट आयो, त्यहाँका विधार्थी यस्तै हुन । मलाई त्यो कुराले मनमा गहिरो चोट परयो । यिनलाई म पनि देखाउला भने झै इखले जरा गाड्यो । पछि कक्षा ९ को अन्तिम परिक्षामा मैले आफ्नो स्थान राम्रा विधार्र्थी मध्येमा दरे ।
अर्को एक दिन प्रार्थना सकिएर सबै कक्षामा भरखरै पसेका रहेछन । म पनि हतार गर्दै कक्षाको ढोकै निर के पुगेको थिए, कक्षागत गीत गाउने घण्टी बजिहाल्यो । साथीहरु जराकजरुक उठेर गीत गाउन थाले । मलाई आपत परयो । हतपत गर्दै म भित्र गए । एकछिन पछि प्रअले मलाई बोलाए । कडा स्वरमा किन अघि कक्षागत गीत शुरु भएपछि कोठामा छिरेको भनी सोधे । मैले डराउँदै नम्र भएर भने, म पुग्नासाथ गीत शुरु भयो । आइन्दा यस्तो नगर्ने चेतावनी सहितको कडा आदेश शिरोपर गरेर म कक्षामा फर्के ।
उसबेला ट्युसन पढ्ने र पढाउने चलन थिएन । विधालयले नै एकाध महिना कोचिङ कक्षा भने चलायो । म ३ महिना जति टेस्ट परिक्षाको लागि खाँदवारीमा नै डेरा गरि बसे । करिव २१८ जना विधार्थीहरु यसमा सामेल थिए । परिक्षाको नतिजा आयो । म त तेस्रा भए । सबै चकित भए ।
केहि महिनाको तयारी पछि एसएलसी पनि दियौं । माघको ७ गते २०४४ साल, त्यहि दिन तत्कालीन राजा बीरेन्द्रको खाँदवारी भ्रमण रहेछ । धनकुटा मुकाम बनाई हरेक दिन पुर्वान्चलको एक जिल्ला हेलिकप्टरमा उड्ने चलन । अघिल्लो साँझमा टुडिखेलमा निशुल्क डकुमेन्ट्री देखाउने गर्थे । सायद मान्छे बटुल्नका लािग होला ।
तर परिरक्षा राम्रैसंग सकियो । मेरो सिम्बल न। अहिले पनि याद छ । ००४१४१ के, अहिले जस्तो मेसेज वेवसाइट इन्टरनेट भन्ने थिएन । गोरखापत्र हेर्नै भरदिन तुमिलङटार एअरपोर्टमा जहाज कुरेर बसे । साँझ ४ बजेको काठमाण्डौंको नेपाल एअरलाइन्सको जहाजमा गोरखापत्र आयो । मैले मेरो सि नं। खोजे, शुरुमा मेरो नम्बर नै भेटिएन । फेल भइएछ जस्ते भो । तर म त फस्ट डिभिजनमा पो परेछु । जिल्लाका ३ उत्कृष्ठ मध्ये म एक रहेछु । हर्षका सीमा रहेन । गाउँघर, परिवार, विधालय र जिल्लामा नै तहल्का भयो । उसबेलाको प्रथम श्रेणी अहिलेको ए प्लस भन्दा माथि जस्तै ।
१२ वर्षवछि म गत साल खाँदवारी गएँ । खाँदबारीको मुहारै फेरिएछ । उसो त २०४५ साल पछि गृह जिल्ला अकाल झुकाल आउने गर्थै । धेरै कुराहरु फेरिएछन् । घर भवन, कारखाना, सवारी साधन, मोटरबाटो, होटल ब्यापार आदी । तर शनिबारे हटिया (हप्तान्तमा लाग्ने नियमित हाट बजार) त उस्तै । अस्पतालको हाताभित्र केहि नयाँ भवन, बन्दै रहेछ । तर कतिपय मानिसहरु र दोकानहरु भने उस्तै पनि लागे । वरिपरिको वातावरण, कृषि खेति र बन्द ब्यापर एकदम भिन्न । मेले एसएलसि सकाउँदा सम्म संखुवासभा जिल्लामा नै विजुली बत्ती थिएन । मटितेलको टुकी बालेर हामी राती पढेको मान्छे । विहान नाकको प्वालमा कालो ध्वाँसो निस्कन्थ्यो । शहरी ढंगका आधुनिक धरका विस्तार, कति धेरै बैंक, सेलुन र साना ठुला होटलहरु । घरघरमा मोटरसाइकल, हातमा मोवाइल । हरेक घरका कोहि न कोहि विदेशमा काम गर्ने । सके युरोप वा अमेरिका नभएपनि अरब वा मलेशिसयामा । रेमिट्यान्सबाट आएको पैसा खानपीन र नक्कल झक्कलमा खतम । खानपीनमा व्यपक बदलाव, स्थानिय जातका खानेकुरा केहि छैन । सबै आधुनिक र विकासे । सबै चिज बोइलर कुखुरा जस्ता । विविध सेवा सुविधा त बढेको देखियो तर आम जनताको जीवन र समाज कल्याणमा के कस्ता फेरबदल आए, त्यसको त अध्ययन नै गर्न पर्ला ।
मैले भोटखोला तर्फ पनि जाने विचार गरे र उसबेला बल्लतल्ल एकदिनको पैदल यात्रामा नुम पुगिने । करिब ३० वर्षपछिको मरो यात्रा । उसबेला पैदल, अहिले त मोटरबाटो बनको छ । तर सडकको अवस्था अति जर्जर, खतरा र हिलाम्मे, ज्यान जोखिममा राखेर यात्रा गर्नु पर्ने । भोटखोलातर्फ गोलासम्म सडक विस्तार भएको भएपनि यसमा अझै ब्यापक सुधार आवश्यक रहेछ । विराटनगरदेखि किमाथांका स्थित तिब्बत जोड्ने कोशी राजमार्ग भारतीय र चिनियाँ सीमाना जोड्ने सबभन्दा छोटो सडक (२९२ किमि) हुनेछ ।
यो खाँदबारी भ्रमणमा म हिमावि पनि गए । नयाँ थप भवनहरु बनेका रहेछन् । पुरानो एउटा मात्र भवनको अंश जीर्ण अवस्थामा बाँकी रहेको पाएँ । कक्षा कोठाहरु, शिक्षकको कार्यालय, पुस्तकालय आदी धेरै। व्यवथित लाग्यो । १२ कक्षा सम्मको नियमित पढाइ भइरहको छ । तत्कालिन प्रअ जंग बहादुर आश्रममा बस्ने सुनेको छु तर भेट भएन । हालका प्रअ बीर बहादुर सर पनि भेट्न सकिएन ।
यस हिमाविका विधार्थी मध्ये हाल नेपाल सरकारमा ५, ६ जना त सचिव नै छन् । प्रमुख निवार्चन आयुक्त मा. दिनेश थपलिया पनि यसै विद्यालयका उत्पादन हुन् । उसो त हालका अ‍ेमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की पनि यहिबाट निर्मित हुन् । अन्य अधिकृत, सुब्बा र खरिदारहरु त अनगिन्ती छन् । हरेक मन्त्रालय र विभागमा हिमाविका सन्तान भेटिन्छन् । गैसस र नीजि क्षेत्रमा पनि सअस्ख्य मानिसहरु कार्यरत छन् । म सरकारी नियुक्ती फालेर गैससमा पसेको मान्छे । मलाई केहि पछुतो छैन, आफु जुन क्षेत्रमा भएपनि देश र समाजका लागि के गरिन्छ, त्यसले महत्व राख्दछ भन्ने मलाई लाग्छ ।
घ) आचुङ्मा (सानो) सर
मैले १६ वर्षमा नै २०४५ सालमा एसएलसी पास गरेको थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिण भए मध्ये म एक थिएँ । परिवारजन र आफ्नो अपेक्षा अनुसार त्यसबर्ष आफुले भनेको जस्तो बिषय पढ्न नपाएकोले मेरो क्याम्पस जाने सपना रोकिने निश्चित भयो । आजकाल त्यसलाई ग्याप इयर भन्दा रहेछ। तत्कालिन राजा बीरेन्द्रले एउटा योजना अघि सारेका रहेछन् । नेपाललाई पनि एशियाली मापदण्डमा पुर्याउने । तिनताका हिमाली जिल्ला संखुवासभा जिल्लाको उत्तरी भोटखोलाको शैक्षिक अवस्था निकै दर्दनाक थियो ।
साविकको पावाखोला (हाल मकालु गापा) गाविस वडा नं ७ स्थित भोटेगाउँमा एउटा विद्यालय खोल्ने प्रस्ताव आयो । प्रधानाध्यापक स्वर्गीय गोकुल घिमिरेका साथमा मेरो अस्थाइ प्रावि शिक्षकको रुपमा नियुक्ति पनि भयो । त्यो बेलामा मेरो तलब जम्मा ९६० रुपैयाँ थियो । त्यसको ९० प्रतिशत दुर्गम भत्ता बापत उपलब्ध थियो । गोकुल सर र म भोटखोलाकोे यात्रामा लाग्यौं । कलिलो उमेर र पहिलो जागिरले गर्दा म एकदमै उत्साहित पनि थिएँ । तर यो मेरो अविस्मरणिय र पहिलो भोटखोलाको यात्रा थियो । उकालो ओरालो गर्दै जानुपर्ने बाटो भने निकै कठिन र जाखिमपुर्ण पनि थियो ।
हाम्रो यात्राको पहिलो दिन खाँदबारीबाट भर दिनको पैदल यात्रापछि नुम सम्म पुगियो । अर्को दिन हाम्रो पाइलाहरु हेदाङ्गना हुँदै पुर्व तर्फ बढ्यो । दोस्रो रात पनि ओवाकको एक तामाङ परिवारसँग वितायौं । भोलीपल्ट ओवाकबाट चसुवाटार, नेवारे र देउराली हुँदै हामी अघि बढ्यौ । नाक ठोक्किने ढुङ्गा खोपेको उकालो काटेपछि पुगिने सानो सुन्दर र अन्तिम गाउँ नै हाम्रो गन्तब्य थियो । वरिपरि हिमालले ढाकेको यो गाउँमा त्यसबेला करिब २०–२२ वटा घरहरु मात्र थिए । ति पनि सबै नावा (भोटे) जातिका मात्र । हरेक घरमा तीन पुस्ता संगै बस्ने र त्यसमा पनि प्रशस्तै केटाकेटीहरु । ब्यक्तिगत सरसफाइ र परिवार नियोजनका बारेमा उनीहरुसंग सायदै ज्ञान थियो । सानो र समथर गाउँ भएपनि निकै उचाइ भएका कारणले प्रशस्त हिउँ पर्ने गर्दथ्यो । अन्नपातको नाममा अलि अलि गहुँ र आलु बाहेक अरु केही नहुने । चौरीपालन र व्यापारबाट त्यहाँको जनजीवन चल्दथ्यो । त्यहाँका बासिन्दाहरुको तिव्बतीसँग मिल्ने रहनसहन, भाषा र संस्कृति थियो । त्यसबेलासम्म त्यो गाउँमा ५ कक्षा पास गर्ने मान्छे कोही पनि थिएनन् ।
हामीलाई ओवाकमा केही बर्ष बिताएका ओझा थरका एकजना शिक्षकले राम्रो सहयोग गरे । गाउँ बैठक बोलाइयो । सबैले बिद्यालय चाहिएको कुरा गरे । गाउँबिचको एउटा सार्बजनिक जमिन विधालयका लागि छुट्याइयो । लाप्साङको बा (नाम भुलेको) को अध्यक्षतामा विधालय संचालक (हाल ब्यवस्थापन) समिति गठन पनि भयो । जनश्रमदानबाट जमिन खार्ने काम तत्कालै सकियो । घरघरबाट र केहि जंगलबाट काटेर आवश्यक काठपात जुटाइयो ।
सल्ला धुपीको काठ, मालिगो बाट बनेको चित्राको छाना र बारबन्देज गरेर चारकोठे भवन तयार गर्न धेरै दिन लागेन । त्यसमा एक देखि तीन कक्षाका लागि कोठाहरु थिए । कार्यालय र शिक्षक आवास (भान्सा समेत) तयार भयो । खेलमैदान र प्रार्थनाका लागि सानो आँगन पनि थियो । गाउँलेहरुले हामीलाई मासिक रुपमा केहि अन्न दिन्थे । तरकारीको लागि सागपात भन्दा पनि चौरीको मासु (स्या) नै बढि दिन्थे ।
तिनताका गाउँमै पहिलो पटक आएका शिक्षकहरु सम्मानीत हुन्थे । हरेक घरले हामीलाई निम्ता गर्ने गर्थे । घिउ चिया र भुटेको मकै भटमास चौबिसै घण्टा उपलब्ध हुन्थ्यो । मेरो उमेर पनि सानो थियो । मद्यपान गर्ने बानी पनि थिएन । प्रधानाध्यापकले चाहिँ अन्नपात भन्दा बढी तरल (छ्याङ र आइराक) नै सेवन गर्थे । तातो थुक्पा, चौरीको मासु र भट्मास पनि खुब खाइयो । कहिले काँही सिकार गरी कोशेली पठाइएको जंगली चरा (कालीज) पनि प्रशस्तै खाइयो ।
योजना बमोजिम विद्यालय तयार र कक्षा सञ्चालन भयो । मेरा विद्यार्थीहरु भने २१ बर्ष सम्मका थिए । दैनिक रुपमा पढाइ लेखाइ शुरु भयो । करिब १६ वर्षको कलिाले मान्छे म । म सानो भएकोले मलाई सबैले आचुङ्मा (सानो) सर भनेर बोलाउँथे । दिनहरु रमाइलो संगै बिते । दैनिक कक्षा संचालन मैले नै गर्थै । चौैमासीक तलब भत्ता निकासा गर्ने, जिल्ला शिक्षा कार्यालय जाने आउने काम मेरै थियो । जसका लागि शिक्षक हाजिरी, विद्यार्थी हाजिरी, विधालय सन्चालक (व्यवस्थापन) समिति बैठकको निर्णयको प्रतिलिपी अनिवार्य समाबेश गर्न आवश्यक थियो । जिल्ला गएर आँउदा वालवालकिालाई कापी र शिशाकलम, उनका अविभावकका लागि साबुन र मसला कोसेली लगि दिन्थे । उनीहरु अति खुशी हुन्थे ।
त्यसै क्रममा मैले जीवनमा पहिलोपल्ट हिउँ देखेको हो । यसैक्रममा चौरीगोठ र खर्कको यात्रा पनि गरे । तोङबाको पीपा (पिप्सिङ) बनाउने सानो निगालोको सुइरो काट्न जाँदा हिउँको भासमा पुरिएर झण्डै मरेको । उसो त करिव दस महिनाको बसाइमा जम्मा जम्मी आठ–दश चोटी मात्र नुहाएँ होला मैले । स्थानीय भाषा पनि राम्रैसँग बुझ्न सक्ने भएको थिएँ । अहिले पनि त्यो भाषामा सामान्य वार्तालाप गर्न सक्छु । नेपालका अन्य हिमाली जातीहरुले बोल्ने तामाङ, गुरुङ, शेर्पा, थकाली र यो भाषा पनि भोटवर्मेली उपसमुह अन्तर्गत पर्दछन् ।
हालै स्थानीय शिक्षक सोक्ते भोटेसंग मेरो भेट भयो । हाल त्यस गाउँमा १८ घरधुरी माात्र रहेछन् । जम्मा जनसंख्या ९९ जसमध्ये २१ जना जति ५ वर्ष मुनिका र तर करिब ११ जना मात्र विद्यालयमा भर्ना भएका । बाँकी घर वा चौंरीगोठमा बस्छन् तर पढ्न जाँदैनन् ।
आजका दिनसम्म आइपुग्दा, त्यसबेलाका ति म भन्दा ठुला मेरा बिद्यार्थीहरु मध्ये कोही शिक्षक, कोहि स्थानीय निकायमा प्राविधिक सेवामा कार्यरत रहेको सुनेको छु । शान्ती क्षेत्र प्राथमिक विद्यालयको नाममा स्थापित सो विद्यालय आज सम्म सञ्चालित छन् । तर त्यसको अवस्था जर्जर रहेको जानकारी भयो । यस कुराले म भित्रै देखि गौरवान्वित हुन्छु । म चाँडै जाँदैछु फेरि पावाखोलामा । त्यो गाउँका मान्छेले फेरि एकपटक आफ्नो आचुङ्मा सरलाई भेटनेछन् ।
यो समयको पनि माग हो । एसइइ त गयो । हिजो कस्तो कष्ट गरेर पास गरेको एसएलसी नाम फेरीएर एसइइ भएको थियो । म आफु यस्ता परम्परागत परिक्षा प्रणालीमा खासै विश्वास पनि नगर्ने मान्छे हुँ तर अवको परिक्षा नीति र अभ्यास के हुने ? पुरानै विधिमा अभ्यस्त हाम्रा शिक्षण संस्था, शिक्षक र विधार्थीलाई कस्तो लाग्ला त्यो त हेर्न बाँकी नै छ ।

Friday, June 5, 2020

जातीय छुवाछुत र मेरो विद्रोही स्वाभाव र ब्यवहार

डा. सुरेश तामाङ 

आज मेरो उमेर ४९ वर्ष भएछ । म वाल्यकाल देखि नै जातीय छुवाछुतको विरोधी थिएँ । आज २१ अ‍ौं शताब्दीमा पनि मानिसहरुको विवेक देख्दा दया लाग्छ । देशभरका साना ठूला घटना र हालैको चौरजहारीको नरसंहारमा अनि क्वारन्टिीनमा समेत दलितले पकाएको खाना वहिस्कार भएका सुन्दा र अमेरिकाको हालको अवस्थामा नबोल्ने कुरै भएन । यो विभेद र अन्यायको निन्तरताका लागि राज्य र हामी स्यवम पनि जिम्मेवार छौं । म नेपालको पूर्वी पहाडको गाउँमा हुर्केको मान्छे । मेरो स्वाभाव सानै देखि अलि जिज्ञासु तर विद्रोहि पनि थियो कि जस्तो लाग्छ । हाम्री माम(हजुरआमा) हामीलाई बढि स्वतन्त्र भएको र सामाजिक विभेदको बारे चियो चर्चा गरेको राम्रो मान्दिनथिन् क्यारे । म सानैदेखि दलित साथीहरुसंग मिल्नेगर्थे । खेताला आएका साठीमुरेका किर्ती बहादुर र लिला बहादुर दाइहरुसंग बसेर खाजा खानु पर्ने जस्ता हर्कत गरेर उहाँलाई चिढ्याउँथे । करिब २०४० सालको कुरा याद आयो । म १२ बर्षको मात्र थिएँ । हाम्रा गाउँका आदरणीय शिक्षाविद् तत्कालिन मनकामना प्रा. वि. का प्र.अ पछि उच्च मा.वि. प्रधानाध्यापक र बरुण क्याम्पसका प्राध्यापक) श्री गोपाल घिमिरे (जसलाई हामी आज पनि काका भनेर सम्बोधन गर्छौ । हाम्रो पारिवारिक सम्बन्ध राम्रा थियो । उहाँको परिवार पण्डितको परिवार । शिक्षित भए पनि घरमा हजुरआमा र समाजको खातिर छुवाछुत र छोइछिटो कायमै थियो । एकदिन उहाँ खाँदबारीबाट घर फर्कने क्रममा साँझ भइसकेको थियो । हाम्रो घर आएर उहाँले उन्यालोको खोजि गर्नुभो । औंसीको परिपरि थियो क्यारे अन्धाकार थियो । तिनकताका हामा्रे गाउँमा बिजुली बत्ति पनि थिएन । आजकालको जस्तो चार्जर र मोबाइलको फ्लास लाइट पनि थिएन । कसैका घरमा टर्च लाइट हुनु पनि निकै ठूलो कुरो थियो । केहि पुराना बाँसका भाटा जम्मा पारी परम्परागत रुपमा उपयोगी राँकोको बन्दोबस्त भयो । कोहि साथी पनि जानुपर्ने भयो । झटपट म नै तयार भइ हाले । ८, १० मिनेटमा उहाँको घर पुगियो । सबै जनाले उहाँ घर आइपुेको र मैले साथी दिएकोमा धन्यवाद दिए । मलाई अब हातमा भएको आगो कता राख्ने भन्ने कुराले सतायो । सोचे आगो जस्तो कुरो जतन गर्नै परयो । म सिधै भित्र भान्साको पनि माथिल्लो भागमा रहेको विशेष सानो र सफा चुलोमा नै पुगेँ । त्यो बचेखुचेको आगो सहितको भाटोहरु चुलोमा नै घुसारिदिए । सबै स्तब्ध भए अब के गर्ने होला, काकाले सायद नुहाइधुवाइ गरेर गहुँत, सुनपानी पनि छर्के होलान् । तर मैले त मेरो विवेकले जानेको र आगोलाई सबभन्दा सुरक्षित स्थानमा राखेको थिएँ । पूख्र्याैली पण्डितहरुको घरमा म तामाङ (जनजातिको छोरो), मनमा अलि खिन्नता त भयो । तर मलाई खासै खेद पनि लागेन । २०४४ सालताका एसएलसी तयारी गर्न हामी सदरमुकाम खाँदबारीमा डेरा गरी बस्यौं । जसमा ४ जना सहपाठीहरु मध्ये एक मित्र सीताराम विश्वकर्माजी दलित हुनुहुन्थ्यो । उहाँ अहिले धेरै संधर्ष पछि ठूला ब्यापारी भएका छन् । त्यस्तै कलेजपछि पहिलो गैरसरकारी संस्थाको जागीरका म २०५० चैत्रमा चितवन झरेँ । हामी पूर्वी चितवनमा शंकर दर्नालजी सहित एकै कोठामा बस्थ्यौं र एकै भान्सामा पकाएर खान्थ्यौं । खै त मेरो जात पनि गएको छैन् । यो त हाम्रो मानवलाई हेर्ने विवेक र गरिने ब्यवाहार हो ।


https://nepalnews.com/opinion/24074-2020-06-06-04-41-57?fbclid=IwAR0ffnHBtw4f9FG5D063VIUzGjbdUKoV-hN3Q7SAngT4N93XGkvs-1nAcoc#.Xtsfxqu8aWs.facebook

Friday, May 29, 2020

मेरो जन्मस्थान र त्यहाँका तामाङहरुको इतिहाँस

आफ्नो थाकथलो र इतिहाँस सबैका लागि प्यारो हुन्छ । तामाङ रिमठिम, संस्कृति र संस्कारमा ब्यक्तिको पूख्र्यौली खोज्ने त्यस चलनलाई बाप्सा ठुङ्गसा भन्छन् । आफ्ना अग्रज पूर्खाहरुको उद्गम थलो र आवादी क्षेत्र खोज्ने यो प्रचलन अझै पनि कायम छ । उसबेलाको चलन अनुसार कसको नाममा जग्गा जमिन दर्ता भएको थियो, त्यसबाट पनि कतिपय स्थान विशेषमा को बस्दथे भन्ने कुराको अनुमान गर्न सकिन्छ ।
 
मेरो गाउँका कतिपय जग्गाहरु कोहि बाहुन दर्ता, कोहि माझी र कुमाल दर्ता छन् । अन्य कति मगर र तामाङहरुको नाममा रहेको छ । केहि बागदल रानाको नाममा भएकोले रानावारी र रानाखोरिया भएका छन् । अन्य धेरैजसो तामाङहरुको नाममा दर्ता भएका रहेछन् । म जन्मेको संखुवासभाको तुम्लिङटार सिरान वैधगाउँ र यस वरपरका केहि ठाउँहरुको नाम संग पनि हामी तामाङका पूर्खाहको साइनो रहेको पुष्टि गर्ने केहि तथ्यहरु यहाँ पस्केकोछु ।


१. हाम्रो गाउँमाथि मुर्मीछाप भन्ने ठाउँ छ, जहाँ रहेका ठूला फाँटबारीहरु आज पनि हाम्रौ गाउँका तामाङहरुको स्वामित्वमा नै रहेको छ ।
२. भोटेबारी नामको जग्गा अझै छ । संगै भोटेखोल्सा भन्ने सानो निरन्तर पानी नबग्ने तर बर्खे भेल बग्ने खोल्सा पनि छ ।
३. हाम्रो अधिकांश जग्गा जमिनहरुका कागजातमा झाँक्री भोटे दर्ता उल्लेख छ, जो हाम्रो पूर्खा (जिजुबाजे) थिए ।
३. अरु कति जमिनहरु सुझाव मुर्मी दर्ता हाल काल्दन परिवारहरुको स्वामित्वमा रहेको छ । त्यस्तै इन्द्रमान जजमान दर्ता अहिले भएको जग्गा पनि आज उनकै सन्तान लप्टन योन्जानको परिवारले भोगचलन गरिराखेका छन् ।
४. त्यस्तै, अरुण नदि पारी पटि भोजपुर जिल्लामा पनि तामाङहरु बसेकोले अनुमान गर्न सकिन्छ । भोटेटार र मठेटार जुन तामाङ भाषामा भटमास लाई मठे भनिन्छ र धेरै मठे फल्ने पारिलो र चाक्लो जमिनको नाम मठेटार रहेको देखिन्छ ।
५. खाँदवारी भन्दा अलि माथी पांमाको शिरमा भोटेबास भन्ने गाउँ अहिले पनि छ । तर त्यहाँ हाल शेर्पा जातीको बसोबाश देखिन्छ ।

हाम्रो गाउँ नजिकै रहेका यी केहि स्थानहरुले हामी त्यस ठाउँका आदीवासी हौ भन्ने प्रमाणहरु बोल्छन् । त्यसभन्दा पनि अगाडीतर्फ खोजी गर्दा हाम्रो पूर्खा काभ्रेको भुम्लूबाट बसाइ सर्दै पाँचथरको हाङलालुङ गएको रे भन्ने कुरा अग्रजहरु बताउनुहुन्छ । त्यहाँ २ पुस्ता जति बसेपछि हालको अरुण नदितिरको समथर जमिन खोज्दै आई बसेको भन्ने मौखिक भनाइ रहेको छ । हाल सम्मको खोज, छलफल र अध्ययनबाट हाम्रा बाजे, बराजु, आखे म्हेमेहरुको बारेमा यो मात्र भन्न सकिन्छ । यसमा थप जानकारी र सूचनाका लागि अनुरोध छ ।


अन्तमा, हिजो तामाङहरुलाई मुर्मी र भोटे भनी बोलाउने गरेको थियो । त्यसमा मन दुखाउने कुरा पनि भएन तर हेलाको भावले बोलाउनु भने राम्रो होइन । काठमाण्डौं वरिपरि अर्थात ताम्सालिङ क्षेत्रका जिल्लाहरुमा अधिकांश तामाङहरुको बस्ति आज पनि छ । सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदि र भोटेचौर र भोटेनाम्लाङ भन्ने ठूला तामाङ गाउँहरु, वलियो अर्थमा भोटे कुकुर र भोटेताल्चा पनि हाम्रो सीप र सामार्थको विम्ब हो भन्ने लाग्छ ।


Thursday, May 21, 2020

सरकारी नीति तथा कार्यक्रममा जनस्वास्थ्यको सवाल

सरकारी नीति तथा कार्यक्रममा जनस्वास्थ्यको सवाल:
डा सुरेश तामाङ र डा रीता थापा


देशको स्वास्थ्य नीति तथा कार्यक्रमहरु रोगव्याधीको रोकथाम, उपचारमा मात्र होइन, सूचना सञ्चार, जनचेतना र व्यवहार परिवर्तनका लागि खोज, अनुसन्धान र तथ्यांक विश्लेषणमा पनि केन्द्रित हुन आवश्यक छ।

सरकारी नीति तथा कार्यक्रममा जनस्वास्थ्यको सवाल ! वरिष्ठ जनस्वास्थ्यविद् डा. रीता थापा र मेरो समिक्षा ! 


https://swasthyakhabar.com/story/32557

Tuesday, May 19, 2020

कोभिड–१९ र स्वस्थ खाना

हाल विश्व नै कोभिड–१९ को महामारीबाट आक्रान्त छ । यो झट्ट हेर्दा जनस्वास्थ्य समस्या हो तर यो मानव जातिमाथिको अहिलेसम्मकै ठूलो महामारी पनि हो । यसका कारणले भित्रिएका विभिन्न समस्यामध्ये खानेकुराको संबोधन एउटा महत्वपूर्ण सवाल हो ।  योसँगै यसले निम्त्याउँदै गरेको खाद्य संकट हाम्रासामु टड्कारो बनेको छ । सहरिया आममानिस (जो खानेकुरा उत्पादन गर्ने ठाउँबाट कोषौँ टाढा छन्) खाद्य संकटको भयबाट सबै भन्दा त्रसित छन् । यिनको दैनिक उपभोग्य विविध खानामा पहुँच कम हुँदै गएको छ । यीमध्ये कतिपय पत्रुखाना खाएर गुजारा गर्न बाध्य भएका छन् । किनकि अहिले बजारमा पोषणयुक्त विविध खानेकुरा पाउनै गाह्रो छ । अधिकांश खानेकुराको बजार मूल्य पनि ह्वात्तै बढेको अवस्था छ ।

कोरोना या यस्ता खालका भाइरसबाट बच्न हाम्रो शरीरको प्रतिरोध क्षमताको योगदान महत्वपूर्ण छ । यस अर्थमा यस्ता महामारीबाट बच्न स्वस्थ खानपिन र सरल जीवनशैली आवश्यक छ । सँगै जनस्वास्थ्य विज्ञहरूका अनुसार प्राकृतिकरूपमा नै रोग प्रतिरोध क्षमता भएका स्थानीय खाना खाएमा मानिसमा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिडबाट बच्न दैनिकरूपमा सन्तुलित आहार सेवन गर्न सुझाएको छ । खासगरी ताजा र कोरा सब्जी, फलफूल र अप्रशोधित खानेकुरा खान र पत्रु खानेकुरा नखानसमेत सल्लाह दिएको छ ।
स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।
अर्कोतिर अहिले हाम्रो रैथानेवाली र स्थानीय खानाको बारेमा पनि चासो बढेको छ । केही उदाहरण हेरौँ : रैथाने खाना, जस्तै– चिनो, काउनो, लट्टे, कोदो, फापर, जौलगायत मूलप्रवाहबाट उपेक्षित बालीहरूको माग बजारमा ह्वात्तै बढेको छ । योसँगै कोरोनाको बन्दाबन्दीमा सहरबासीहरू गाउँघरमा नियमित उपभोग गर्ने सिस्नो, गाभा, निगुरोलगायतका वनस्पतिजन्य खानेकुरा र बेमौसममा खानका लागि तयार पारिने मस्यौरा, किनिमा, गुन्द्रुक र सिन्की सम्झन थालेका छन् । करिब डेढ सालअघि नेताजीहरूले खाएर चर्चित बनेको जुम्ली मार्सी चामल र सिमीलगायतका रैथाने खानेकुरा अहिले फेरि खोजी हुन थालेको छ । यस्ता उत्पादनको माग र बिक्री वितरणसमेत बढेको छ । अहिले पाखा र छेउछाउमा पाइने सिस्नो र जताततै उम्रने लट्टे र बेथे सागको मागसमेत बढेको छ ।

खानामा पहुँच कसको ? 
स्वस्थ खानामा मात्र होइन, अहिले खानेकुराको पहुँच किनेर खान सक्नेका लागि मात्र छ । गरिब र छेउ पारिएका जाति, वर्ग र समुदायको यसमा छैन । तिनका पनि केटाकेटी र महिला अझै जोखिममा छन् । अहिले भकारीमा अन्नपात नभएका साना किसान र दैनिक ज्यालादारीमा गुजारा चलाउने सहरिया श्रमिकहरू ठूलो खाद्य संकटको चपेटामा परेका छन् । यीसँगै सहर वा विदेशमा रहेका तथा रोजगारी गुमाउँदै गरेका आममानिस भोकमरीको मारमा पर्ने जोखिम बढेको छ । पोषणको कुरा त परै जाओस् उनीहरूले पेटभरि खान नपाउने समस्यासमेत जिउँदै छ । आगामी दिनमा यो अझै विकराल बन्दै जाने संकेत देखिएको छ ।

हाम्रो खानामा पोषण  
आजका मानिसको खानपिन र जीवनशैलीमा ब्यापक फेरबदल आएको छ । त्यसैले हामी जस्तो खायो त्यस्तौ बन्छौँ । अखाद्य पदार्थका कारण विभिन्न नसर्ने रोगको दर बढेर गएको छ । दबाइका नाममा विष र छिटो अनि धेरै बाली लिने नाममा गलत रसायनहरूको प्रयोग बढेको छ । जुन माटो, पानी, मानव स्वास्थ्य र पर्यावरणीय हिसावले कुनै अर्थमा पनि लाभदायक छैन । अस्वस्थ र पत्रुखानाको उत्पादन, आपूर्ति र उपभोग भने बढेको छ ।
भारतीय वातावरण तथा खाद्य सम्प्रभुता अभियन्ता वन्दना शिवाको ‘हेल्थ पर एकर’ पुस्तकका अनुसार पनि प्रतिएकर जग्गामा बढी उत्पादन हैन, पोषणयुक्त बाली उत्पादनमा जोड दिनुपर्ने हो तर अहिले बढी फलाउने र पैसा कमाउन बेच्ने लालसाले यो धेरै फलाउनेमै सीमित छ । हाम्रा पढे÷लेखेका मानिस पनि खानका लागि खेतीपाती गर्नेभन्दा पनि व्यावसायिक हुने नाममा यस्तै कृषिमा जोड दिन्छन् । मानव पोषणका लागि हाम्रो खेती प्रणालीलाई व्यापारिक होइन, पोषणमैत्री बनाउनुपर्छ ।

पोषण र जनस्वास्थ्यको सवाल
पोषण र जनस्वास्थ्यको मूल आधार नै खाना हो भन्नेमा अब अलमल छैन । त्यसैले स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।
नोबेल पुस्कार विजेता डा. अभिजीत ब्यानर्जी र एस्तर डुफ्लोका अनुसार गरिब देशहरूमा कुपोषित बालबालिकाहरूको स्वास्थ्य अवस्था अति कमजोर छ । किनकि उनीहरूले खान नै राम्रोसँग पाउँदैनन् । उनीहरू अस्वस्थ र कुपोषित भएपछि शिक्षामा पछि पर्छन् र आफ्नो जीवनका संभावना के छ भन्ने थाहा नपाइ उनीहरूको जीवनको इहलीला समाप्त हुने गरेको उल्लेख छ । उनका अनुसार यी समुदाय आफू, आफ्नो र परिवारका लागि पोषिलो खाना र स्वास्थ्यमा कम खर्च गरेर गुजारा चलाउन बाध्य छन् । अतः उनीहरूको स्वास्थ्य कमजोर, आयु कम र रोग प्रतिरोध क्षमता पनि कम नै हुन्छ । यसैकारण यिनमा यस्ता महामारीको जोखिम पनि बढी नै हुने गर्छ ।

खेतीपाती र पोषणको सम्बन्ध  
नेपालमा बहुसंख्यक साना र गरिब किसान छन् । उनीहरूका प्राथमिक समस्या खानेकुरा, शिक्षा र जनस्वास्थ्यसँग जोडिएका छन् । किसानी गरेर जीवनयापनका यी प्राथमिक आवश्यकता पूरा गर्ने किसानलाई सरकारले ल्याउने नीति तथा कार्यक्रमहरूले छुने गरेको छैन । अहिले कोरोनाको महामारीका कारणले यी समस्या झनै विकराल बन्ने देखिएको छ । यसलाई समयमै सम्बोधन गर्न एकीकृत र सघन कार्ययोजना बनाउन आवश्यक छ । तर स्वास्थ्य, शिक्षा र खानेकुराका लागि गरिने कृषिका कामहरू एकअर्कामा परिपुरक नभई आआफ्नै ढंगबाट सञ्चालित छन् । यिनका बीचमा बलियो सहकार्यबिना यी समस्या सम्बोधन हुन सक्दैनन् तर यिनको एकापसमा संयोजनसमेत छैन । स्वास्थ्य मन्त्रालयका अधिकांश काम अझै पनि उपचारात्मक छन् । स्वास्थ्यका लागि पोषण र खानामा जोड दिएको छैन । उता कृषिलाई उत्पादन बढाउने र आधुनिकीकरणका नाममा विष र रासायनिक मल बाँड्ने गरिन्छ । जुन मानव स्वास्थ्य, माटो, पानी र वातावरणका लागि हानिकारक छन् । तर अधिकांश नीति र कार्यक्रम शिक्षा, जनस्वास्थ्य र खानेकुराको महत्वबारे केही बोल्दैनन् ।
देश संघीयतामा गइसकेको अवस्थामा अब संघीय सरकारबाट अनुदान र विकास बाँड्ने भन्दा स्थानीयरूपमा नै माटो सुहाउँदो विभिन्न प्रयासको थालनी जरुरी छ । एकीकृत खेती प्रणाली, उत्पादन, प्रशोधन र वितरणको दिगो व्यवस्था, बजारीकरण र जनचेतनाका लागि नीतिगत पहल तथा अभ्यासहरू थाल्न ढिला गर्न हँुदैन । स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन, आयातित पत्रुखानामाथि कडा प्रतिबन्ध, औषधिजन्य बाली विकास गर्ने नीति र कार्यक्रमहरू लागु गर्नुपर्छ ।

निष्कर्ष
खाना नै कोभिड–१९ रोकथामको प्राथमिक उपाय हो । मानव स्वास्थ्य, पोषण र रोग प्रतिरोधको आधार नै खाना भएकाले अहिलेको अवस्थामा स्वस्थ खानाको महत्व झनै बढेको छ । मानिसलाई स्वास्थ्य, खेतीपाती र पोषणका लागि खाना भन्ने कुराको चेत आउनैपर्छ । खाद्य प्रणाली नै धेरै हिसाबले प्रभावित भएको हालको अवस्थामा आमजनता नै कुपोषित र कमजोर हुन सक्ने देखिएको छ । अहिलेसम्म मृत्यु भएकाको तथ्यांक हेर्दा पनि कोरोनाले रोग प्रतिरोध क्षमता कम भएका, दीर्घरोगी र स्वास/प्रस्वासका रोगीलाई लगिसकेको छ । जनस्वास्थ्यका अन्य सरोकारसँगै रोग प्रतिरोध क्षमता पनि बढाउन आवश्यक छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:०३ मंगलबार

https://nagariknews.nagariknetwork.com/opinion/213731-1589854687.html

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न: खासगरी गरीब, विपन्न, असहाय बालबालिका, महिला, विरामी (दीर्घरोगी), अशक्त र अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरु बढी जोखिममा पर्नेछन् ।

Tuesday, May 5, 2020

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न: खासगरी गरीब, विपन्न, असहाय बालबालिका, महिला, विरामी (दीर्घरोगी), अशक्त र अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरु बढी जोखिममा पर्नेछन् ।

The COVID-19 and It's Impacts on Nepal’s Healthcare

The COVID-19 and It's Impacts on Nepal’s Healthcare: Dr Suresh Tamang

The recent novel coronavirus [COVID-19] pandemic has spread all over the world. It has become the most significant public health crisis in decades. It has disrupted the lives, economies, and societies of developed countries such as the USA, Italy, France, Spain, Iran, China, the UK, and Germany as well as lower and middle-income countries (LMICs). As of today, 3,584,174 cases of coronavirus have been registered, of which a total death count of 251,575 and a total recovery...

कोभिड १९ र समाज कल्याणको प्रश्न | NewsKarobar

कोभिड १९ र समाज कल्याणको प्रश्न | NewsKarobar: कोभिड १९ का कारण आज सारा संसार त्रसित र जर्जर बनेको छ । कोरोनाभाइरसको कारण मानव स्वास्थ्य, अर्थतन्त्र र आमसमाजमा विविध समस्याहरु देखिन थालिसकेका छन् । हालको अवस्थामा यस माहामारीबाट बच्नु हामी सबैको लक्ष्य हो । हामी सबैजना विस्तारित बन्दाबन्दी (लकडाउन) को अवस्थामा र्छौं । तर, आउने दिनमा आफू बाँचेरमात्र भएन । यसबाट अति प्रभावित … Continue reading "कोभिड १९ र समाज कल्याणको प्रश्न"

मोरोक्कोको अपर्झट यात्रा "A Sudden Journey to Morocco: Reflections from the DGM Global Exchange”

पृष्ठभूमि मोरोक्कोको अगादिरमा आयोजित DGM ग्लोबल एक्सचेन्जमा सहभागी हुन पाउनु मेरो लागि एक उत्कृष्ट अवसर थियो। केवल १२ घण्टामै ई–भिसा प्राप्...