Friday, June 5, 2020

जातीय छुवाछुत र मेरो विद्रोही स्वाभाव र ब्यवहार

डा. सुरेश तामाङ 

आज मेरो उमेर ४९ वर्ष भएछ । म वाल्यकाल देखि नै जातीय छुवाछुतको विरोधी थिएँ । आज २१ अ‍ौं शताब्दीमा पनि मानिसहरुको विवेक देख्दा दया लाग्छ । देशभरका साना ठूला घटना र हालैको चौरजहारीको नरसंहारमा अनि क्वारन्टिीनमा समेत दलितले पकाएको खाना वहिस्कार भएका सुन्दा र अमेरिकाको हालको अवस्थामा नबोल्ने कुरै भएन । यो विभेद र अन्यायको निन्तरताका लागि राज्य र हामी स्यवम पनि जिम्मेवार छौं । म नेपालको पूर्वी पहाडको गाउँमा हुर्केको मान्छे । मेरो स्वाभाव सानै देखि अलि जिज्ञासु तर विद्रोहि पनि थियो कि जस्तो लाग्छ । हाम्री माम(हजुरआमा) हामीलाई बढि स्वतन्त्र भएको र सामाजिक विभेदको बारे चियो चर्चा गरेको राम्रो मान्दिनथिन् क्यारे । म सानैदेखि दलित साथीहरुसंग मिल्नेगर्थे । खेताला आएका साठीमुरेका किर्ती बहादुर र लिला बहादुर दाइहरुसंग बसेर खाजा खानु पर्ने जस्ता हर्कत गरेर उहाँलाई चिढ्याउँथे । करिब २०४० सालको कुरा याद आयो । म १२ बर्षको मात्र थिएँ । हाम्रा गाउँका आदरणीय शिक्षाविद् तत्कालिन मनकामना प्रा. वि. का प्र.अ पछि उच्च मा.वि. प्रधानाध्यापक र बरुण क्याम्पसका प्राध्यापक) श्री गोपाल घिमिरे (जसलाई हामी आज पनि काका भनेर सम्बोधन गर्छौ । हाम्रो पारिवारिक सम्बन्ध राम्रा थियो । उहाँको परिवार पण्डितको परिवार । शिक्षित भए पनि घरमा हजुरआमा र समाजको खातिर छुवाछुत र छोइछिटो कायमै थियो । एकदिन उहाँ खाँदबारीबाट घर फर्कने क्रममा साँझ भइसकेको थियो । हाम्रो घर आएर उहाँले उन्यालोको खोजि गर्नुभो । औंसीको परिपरि थियो क्यारे अन्धाकार थियो । तिनकताका हामा्रे गाउँमा बिजुली बत्ति पनि थिएन । आजकालको जस्तो चार्जर र मोबाइलको फ्लास लाइट पनि थिएन । कसैका घरमा टर्च लाइट हुनु पनि निकै ठूलो कुरो थियो । केहि पुराना बाँसका भाटा जम्मा पारी परम्परागत रुपमा उपयोगी राँकोको बन्दोबस्त भयो । कोहि साथी पनि जानुपर्ने भयो । झटपट म नै तयार भइ हाले । ८, १० मिनेटमा उहाँको घर पुगियो । सबै जनाले उहाँ घर आइपुेको र मैले साथी दिएकोमा धन्यवाद दिए । मलाई अब हातमा भएको आगो कता राख्ने भन्ने कुराले सतायो । सोचे आगो जस्तो कुरो जतन गर्नै परयो । म सिधै भित्र भान्साको पनि माथिल्लो भागमा रहेको विशेष सानो र सफा चुलोमा नै पुगेँ । त्यो बचेखुचेको आगो सहितको भाटोहरु चुलोमा नै घुसारिदिए । सबै स्तब्ध भए अब के गर्ने होला, काकाले सायद नुहाइधुवाइ गरेर गहुँत, सुनपानी पनि छर्के होलान् । तर मैले त मेरो विवेकले जानेको र आगोलाई सबभन्दा सुरक्षित स्थानमा राखेको थिएँ । पूख्र्याैली पण्डितहरुको घरमा म तामाङ (जनजातिको छोरो), मनमा अलि खिन्नता त भयो । तर मलाई खासै खेद पनि लागेन । २०४४ सालताका एसएलसी तयारी गर्न हामी सदरमुकाम खाँदबारीमा डेरा गरी बस्यौं । जसमा ४ जना सहपाठीहरु मध्ये एक मित्र सीताराम विश्वकर्माजी दलित हुनुहुन्थ्यो । उहाँ अहिले धेरै संधर्ष पछि ठूला ब्यापारी भएका छन् । त्यस्तै कलेजपछि पहिलो गैरसरकारी संस्थाको जागीरका म २०५० चैत्रमा चितवन झरेँ । हामी पूर्वी चितवनमा शंकर दर्नालजी सहित एकै कोठामा बस्थ्यौं र एकै भान्सामा पकाएर खान्थ्यौं । खै त मेरो जात पनि गएको छैन् । यो त हाम्रो मानवलाई हेर्ने विवेक र गरिने ब्यवाहार हो ।


https://nepalnews.com/opinion/24074-2020-06-06-04-41-57?fbclid=IwAR0ffnHBtw4f9FG5D063VIUzGjbdUKoV-hN3Q7SAngT4N93XGkvs-1nAcoc#.Xtsfxqu8aWs.facebook

No comments:

Post a Comment

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...