COVID DIARY 2:
कोभिड १९ पछिको हाम्रो समाज कस्तो होला ?
डा. सुरेश तामाङ्ग
आज सम्पूर्ण विश्व नै कोरोना भाइरसको कारण तनावमा छ । आज सम्ममा कोभिड १९ का कारणले संसारभरमा १६,९६,१३१ मानिसहरु संक्रमित भइसेका छन् । यसबाट एक लाख बढिको ज्यान गइसकेको छ । यो क्रम निररन्तर बढिरको छ । यसले विकासित देश मात्र होइन, गरिव र कम विकसित देश पनि प्रभावित भइरहेका छन् । पृथ्वी माथिको क्रुर अतिक्रमण, तीव्र शहरीकरण, भूमण्डलीकरण र भौतिकवादी (आधुनिक) मानव जीवनशैलीको कारण पनि यो आपति आएको हो भन्ने तर्क अघि सारिएको छ । विश्वब्यापी नाकाबन्दी पछि पृथ्वीको कम्पन नै कम भएको तथ्य पनि आइसकेको छ । यसको अन्त्य कसरी र कहिले हुने कुरामा शंका कायमै छ । यो झट्ट हेर्दा स्वास्थ्य समस्या जस्तो लागेपनि यसको असरहरु आम समाज र विविध क्षेत्रमा देखिनेछन् । स्वास्थ्यका अलवा यसले अर्थतन्त्र, ब्यापार, शिक्षा र मानव जीवनको हरेक पक्षमा असर छाड्नेछ । यसरी कोभिड आतंकले हाम्रो समाजलाई थुप्रै चुनौतीहरु थपेका छन् भने अवसरहरु पनि दिनेछ । विश्व बैंकले विश्वव्यापी महामारीका कारण नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुको आर्थिक बृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत गिरावट हुने बताएको छ ।यसरी कोभिड १९ पछिको विश्व परिवेश र हाम्रो समाजमा के कस्तो परिवर्तन होला अलि अनुमान गर्न सकिन्छ ।
त्यसैले सर्वप्रथमतः विश्वले चरम आर्थिक मन्दी खेप्नु पर्नेछ । यसबाट खासगरी मानिसहरुको आवत जावत र ब्यापार प्रभावित हुनेछ । एक अनुमान अनुसार विश्वका ५० करोड (५४७ मिलीयन) भन्दा बढि मानिसहरु गरिवीतिर धकेलिनेछन् । बेरोजगारी र सुकुम्बासी समस्या पनि बढ्ने पक्का छ । यो आर्थिक विचलन पूर्वी तथा दक्षिणपूर्वी एशियाले बढि खेप्नु पर्नेछ । उसो त वातावरणिय अवस्थामा केहि सुधार हुनेछ । हरेक राष्ट्रको वातावरण र जलवायू संरक्षण सम्बन्धी काममा लगानी बढ्ने्छ । विश्वको जन्संख्यामा समेत भारी कटौती हुनेछ । मानिसहरुको जीवनमा पैसाको भन्दा धर्ती र आकास अनि माटो र पानीको महत्व बढेर जानेछ । राज्यले भौतिक विकासमा मात्र नभई सामाजिक विकास (शिक्षा र स्वास्थ्य) मा लगानी गर्नेछ । सरकारका निकायहरु जस्तै स्वास्थ्य मन्त्रालय प्राकृतिक र दैवी विपतीका लागि तमतयार रहनेछन् ।
सामाजिक रुपमा हेर्दा पनि धेरै कुराहरुमा परिवर्तन आउने सम्भावना छ । सीमीत समयका लागि काम गर्ने प्रथा बस्नेछ । घरबाटै र दूरस्थानबाट [remotely] पनि धेरै काम गर्ने चलन चल्नेछ । नगद कारोबार घटेर विधुतिय विधिमा भर परिनेछ । online services, e-commerce, e-pay, tele-health/tele-medicine, virtual meeting आदीको प्रयोग बढने्छ । सार्वजनिक कार्यक्रमहरु, समूहगत खेलकुद, साप्ताहिक हाटबजार जस्ता गतिविधीहरु बन्द प्रायः हुनेछन् । समाजमा देखावटी रुपमा गरिने भिडभाड हुने खालका भोजभतेर र साँस्कृतिक कर्मकाण्ड निरुत्साहित हुनेछन् । धर्तीको सम्हार र स्याहारमा जोड गरिनेछ । परम्परागत र प्राकृतिक खेतीप्रणाली, खानपीन र घरेलु तथा परम्परागत औसधि उपचारमा मानिसहरु फर्कनेछन् । मांशहारीको संख्या घटन्े र साकाहारीहरु बढ्नेछन् । कुकुर डोराउने मान्छे भन्दा दुध र तरकारी उब्जाउने किसानले बढि सम्मान पाउनेछन् । सामुदायिक सरसफाइमा र स्वास्थ्यमा उच्च सतर्कता अपनाइनेछ । तर यसको प्रभावले मनोसमाजिक मानसिक स्वास्थ्य समस्या बढ्नेछ । मानिसहरुको दैनिकीमा आमूल परिवर्तन आउनेछ र धेरै मनुवाहरुमा विकास र सम्वृद्धीलाई हेर्ने चेत फर्किनेछ । मानिसहरु बिदेशबाट नेपाल र शहरबाट गाउँ फर्कनेछन् ।
पारिवारिक रुपमा पनि मानिसहरु बढि समय घरमा विताउँनेछन् । यसले परिवारका सदस्यहरुमा आपसी सम्बन्ध राम्रो हुनेछ । यसबाट एकातिर मेलमिलाप बढ्नेछ तर यसको विपरित घरेलु हिंसा बढ्न सक्ने पनि उतिकै खतरा छ । हरेक ब्यक्तिले मानव जीवनको महत्व बुझ्नेछ । मानिसहरु स्वास्थ्य र सरसफाइ प्रति सजग रहनेछन् ।
भैसेपाटी, ललितपुर
२०७६ चैत्र ३० गते ।
No comments:
Post a Comment