कोरोनाले सिकाएको पाठ र हाम्रो दायित्व:
उर्जाका लागि महंगा आयातित ग्याँस र पेट्रोलियम पदार्थ भन्दा गोबर (जैविक) ग्याँस, सौर्य शक्ति (सोलार) र देशमै उत्पादित बिजुलीमा भर पर्न सकिन्छ ।
https://www.sajhapost.com/2020/04/24/232841.html
Welcome, Namaste, Lhasso, Fyafulla, Tashi Delek and Aloha !!!! This is my personal blog (including professional work, travel and family). I have witnessed many amazing and life-affirming moments, and I want to share a few of my favorites from early days to date randomly. Let us make this world a better place to live a happy, satisfied and dignified life. I appreciate your comments and feedback as and when necessary! Good day ! Suresh Tamang, PhD (Nepal)
Wednesday, April 29, 2020
Monday, April 27, 2020
Book Review: Yogmaya [पुस्तक समिक्षाः योगमाया]
पुस्तक समिक्षाः योगमाया
बन्दाबन्दीका बेलामा निलम कार्की निहारिका लिखित योगमाया पढेँ । ५०० माथि पेज भएको यो सत्य घटनामा आधारित ग्रन्थ हो । मेरो जन्मथलो संखुवासभाको तुम्लिङटार र मावली भोजपुरको कुलुङको सेरोफेरोमा सम्पूर्ण कथा घुमेको छ । सतिघाट र मनकामना त झन मेरै घरमुनी पर्दछ । चन्दनपुर, बुम्लिङ, मझुवा, गौडेनी, सिम्ले, दिङला र बेतिनी यी सबै मेरा लागि परिचित स्थानहरु हुन् । मैले वाल्यकालमा सुनेको अधुरो कथाका वास्तविक वृतान्त हो यो । आज भन्दा करिब १०० वर्ष पहिले नै एक ब्रम्हाण कूलमा जन्मिएकी एकल महिलाको जीवन सघर्ष र उनको तपस्या, ज्ञान र आँटको वयान शब्दमा गर्न सकिन्दैछ । योगमाया एक सामाजिक अभियन्ताको जीवनगाथा मात्र होइन । तत्कालिन जहाँनिया राणा शाशनको दवदवा भएको उही बेलमा पितृसत्ता, लैगिक र जातीय विभेद, वालविवाह, एकल महिला र विधुवाका पिडा, कमारा कमारी र सति प्रथा जस्ता सामाजिक कुरीति र अत्याचारहरुको कडा विरोध अनि मानव कल्याणकारी विचार र लक्ष्य बोकेकी एकल महिला हुन योगमाया । सामाजिक सदभाव र न्यायका लागि विद्रोह गर्दै अन्तिममा ६८ जनाले सामुहिक देहत्याग गरेको वियोगान्त कहानी हो । उनको आध्यामिक ज्ञान र जीवन दर्शन आजका कतिपय साधु सन्त, महन्त र धार्मिक गुरुहरु भन्दा पनि उच्च थियो भन्दा अत्यूक्ति नहोला । सबैले एक पटक पढनै पर्ने पुस्तक ।
आज सम्म पनि कतिपय शिक्षित जन, देश विदेश भोगेको, लैगिकताका बखान गर्ने, शहरमा बस्ने तर समाजिक विकृति र अन्याय नदेख्ने जातीय छुवाछुत र छाउपडी समेत मान्ने महामूर्ख, पूरातनवादी र नश्लवादीहरु सबैले यस किताववाट केहि सिक्ने कि?
https://www.goodreads.com/review/show/3305322007
Saturday, April 25, 2020
How I first bumped into Mr. Manamohan Adhikari?
मनमोहन अधिकारीसँगको मेरो जम्काभेट !
भरखर आइएस्सी सकेको जोस । म हेटौडाको २ वर्ष (२०४६-२०४८ साल) को बसाई पछि घर फर्कने क्रममा थिएँ । रात्रीबस चढेर बिराटनगर सम्म पुगियो । पूर्वी पहाडी क्षेत्रमा धनकुटा उत्तर संखुवासभा जाने सडक यातायात थिएन । तत्कालिन शाही नेपाल वायुसेवा निगमको विराटनगरबाट तुम्लिीङ्गटार हप्तामा ३, ४ दिन उडान हुन्थ्यो । नीजी हवाइजहाज कम्पनी नेपालमा आएकै थिएनन् । गुण्टा र बाकस सहित पैदल जान पनि कठिन थियो । म सिधा तत्कालिन प्रजिअ कार्यालयमा गए । जहाँ हरेक हवाइ उडानमा १ वा २ वटा आकस्मिक प्रयोजन र भिआइपीका लागि सरकारी सिट भनेर जगेडा राख्ने चलन थियो । उडान हुनु केहि समय अघि ति सिटहरु वितरण गर्ने परिपाटी थियो । मेरो अन्तिम आशा पनि त्यहि मात्र थियो । हस्याङ्ग फस्याङ्ग गर्दै त्यहाँ पुगेर आफ्नो नाम दर्ता गरे । सम्बन्धित कर्मचारीले १ र २ नम्बरमा अरु नै नाम भएकोले मेरो टिकट पाउने सम्भावना अति कम भएको कुरा दर्शाए । मैले क-कस्को नाम छ भनी सोधे । उनले २ नामहरुमा अधिकारी एमएम मास्टर र मास्के डिबी मास्टर भएको बताए । मैले उहाँहरु खै भनेर बखेडा झिकें । मास्के अंकल मात्र देखा परे तर एमएम अधिकारीको अतोपतो थिएन । मलाई निहुँ पुगी हाल्यो । मैले आवाज कडा गर्दै लगे । एउटा सीट जसरी भएपनि मलाई चाहियो । कि मान्छे उपस्थित गराउनु पर्यो । मेरो अर्को पनि तर्क थियो, आफु विधार्थी भएको । मैले विराटनगरमा बस्न खान मनग्य पैसा पनि नभएको जिकिर समेत गरे । नजिकै बसिरहेका दान ब. मास्के अंकलले मेरो हर्कत र बाध्यता अनि जायज माग ध्यानले सुनेका थिए । आफु भोलि आउन सक्ने हुदाँ आफ्नो नाम काटी मेरो नाम २ नम्बरमा सार्न दिए । उहाँ विधालय निरिक्षकका रुपमा कार्यरत भएको मलाइ थाहा थियो । सायद विधार्थीको पिडा बुझेछन र उहाँको विराटनगरमा घर पनि थियो क्यारे । उहाँले हाम्रा आपा (वुवा) लाई पनि राम्ररी चिनेका थिए । म हर्षविभोर भएँ । मास्के अंकललाई धन्यवाद दिएँ । टिकट पक्का भएको निस्सा समातेर हतारिदै म बिराटनगर विमान्स्थलतर्फ लागे ।
घर जान त पाइने भयो । तर मलाई अब एउटा धोको वा डाहा थियो । त्यो अधिकारी एमएम नामधारी प्राणी को हो भन्ने । विमानस्थलमा मेरो ध्यान उहाँकै खोजिमा थियो । प्रायः सबै यात्रुहरु आए तर एमएम त अझै आएनन् । अन्ततः फुलेका फ्रेन्च कट दारीवाला एक जना अग्ला मान्छे खैरो सफारी सुट र कालो भादगाउँले टोपीमा आए । पुरानो राजदुत मोटरसाइकलमा कसैले ढोकैनेर उहाँलाई छाडेर गए । कालो चस्मा र हातमा सानो सुटकेस बोकेका ति प्राणी त आदरणिय श्री मनमोहन अधिकारी पो रहेछन् । । उहाँ कुनै बिषेश कार्यक्रममा मेरै गृह जिल्ला संखुवासभा जान लागेका रहेछन् । यो कुराको मलाइै पत्तो थिएन । केहि साल पछि उँहा नेपालका ३१ औं प्रधानमन्त्री समेत हुनुभयो ।
हामी एकै विमानमा आमने सामने बसेर उड्यौ । करिब २०, २२ मिनेटको यात्रापछि विमान तुम्लिङ्गटार अवतरण भयो । । ढोका नखुल्दै बाहिरतिर हेरे । जनसागर उहाँको स्वागतमा लामबद्ध रहेछन् । जिल्लाका वरिष्ठ सरकारी कर्मचारीहरु, प्रहरी, प्रशासक, नेतागण र सर्वसाधारणको भीडमा मेरा बुवा, आपन्तजन र साथीसंगीहरु फूलमाला सहित उभिएका थिए । बाजागाजा सहित उहाँको भब्य स्वागत भयो । म पनि उहाँको पछि पछि निस्के । मलाई कताकता लाज लागे जस्तो भयो । विहानको हर्कत सम्झेर अलि पश्चाताप पनि भयो । तर बोल्नेका पिठो विक्ने हाम्रो देशमा त्यो आवश्यक नै थियो नि ।
बैशाख १३, २०७७, ललितपुर
डा. सुरेश तामाङ

Thursday, April 23, 2020
कोरोनाले सिकाएको पाठ र हाम्रो दायित्व
COVID-19 Dairy 4
कोरोनाले सिकाएको पाठ र हाम्रो दायित्व
डा. सुरेश तामाङ
आज सिंगो विश्व र हाम्रो मुलुक नेपाल कोरोना महामारीको विरुद्ध लडिरहेको छ । हालको अवस्थामा कोरोना भाइरसबाट बच्नु हामी सबैको मूल लक्ष्य हो । तर अगामी दिनमा आफु बाँचेर मात्र भएन । यसबाट अति प्रभावित र जोखिममा रहेको समूहका लागि पनि सरकारले केहि ब्यवस्था गर्नुपर्ने देखिन्छ । । हामी आफै पनि थप सजग र जिम्मेवार भने हुनै पर्छ ।
सरकार भने बेमौसमी आयोग र अध्यादेशमा अल्झेको छ । मजदुर र असंगठित क्षेत्रमा काम गर्ने हजारौ श्रमिक र गरिव जनताहरु आक्रान्त छन् । एकातिर उनीहरुको जीवन सहज बनाउन सरकारले सकेसम्म तत्कालै राहत दिन जरुरी छ । आगामी दिनमा पनि के कस्ता नीति र कार्यक्रम लागू गर्ने भन्ने कुरा महत्वपूर्ण हुन सक्छ । आगामी बैसाख १५ पछि लकडाउन अर्थात बन्दाबन्दी फरक स्वरुपमा लम्बिने देखिन्छ । जसमा सार्वजनिक सवारीमा रोक तर नीजिलाई फुक्का गर्ने प्रस्ताव छ । यसो गर्दा फेरि पनि गरिब र निम्न आर्थिक भएकाहरु नै बढि प्रताडित हुने कुरामा दुइ मत छैन किनकि सार्वजनिक यातायात चढ्ने र दैनिक ज्यालादारी गर्ने उनीहरु नै हुन् । नीजि सवारी, नियमित जागिर वा पेशा र ब्यवसाय पनि मध्यम र उच्च बर्गको हातमा नै छन् । फेरी लकडाउन खुल्नासाथ सर्वसाधारणले सुरक्षित महशुस गरी देश भरि एकाएक ठूलो चहलपहल बढेमा संक्रमण फैलिने पनि सम्भावना उतिकै छ । यस कुरामा आमनागरिक र सरकार थप सजग हुनैपर्छ ।
तर जे होस यो महामारीलाई एक मौकाको रुपमा पनि लिएर हामी सबैले पाठ सिक्न सकिन्छ । यहि बेला सरकारले हिजोका बेथितीहरुलाई पनि नियन्त्रण गर्न र सच्याउन सक्छ । जस्तो सवारी नियम पालन गर्ने, सेवा लिन लामबद्ध बस्ने र पालो पर्खिने आदी । यसका लागि राज्य र हरेक नागरिक आफू पनि जिम्मेवार र अनुशासीत हुनुपर्छ तर यस महामारीलाई कमाउने मौकाको रुपमा भने कदापी लिइनु हुदैन ।
नेपाल जस्तो अल्पविकसित देश मात्र होइन आज विकशित र शक्ति सम्पन्न राष्ट्रहरुले समेत कोरोना भाइरसको अगाडी घुँडा टेकेको अवस्था छ । पश्चिमा औषधि विज्ञान र चिकित्साशास्त्रले पनि यो महामारी नियन्त्रण गर्न सकेको छैन । किनकी मानव स्वास्थ्य केवल शरिर र बंशाणुले मात्र नभई समग्र सामाजिक र पर्यावरणीय कारकहरुले प्रभावित गर्दछ । पृथ्वी माथिको चरम दोहन, क्रुर अतिक्रमण, तीव्र शहरीकरण, भूमण्डलीकरण र मानव जीवनशैलीले पनि यो महामारी निम्त्याएको होे भन्ने तर्क अगाडी आएको छ । तसर्थ मानव र पृथ्वी वा प्रकृतिसंगको सम्बन्ध समधुर हुन अत्यन्त आवश्यक छ ।
कोभिड १९ पछिको हाम्रो समाज कस्तो होला
आज सम्पूर्ण विश्व नै कोरोना भाइरसको कारण थलिएको अवस्थामा छ । आज सम्ममा कोभिड १९ का कारणले संसारभरमा २,५६४,१९० मानिसहरु संक्रमित भइसेका छन । यसबाट १७७,४४५ बढिको ज्यान गइसकेको छ भने ६८१,८४२ निको पनि भएका छन् । नेपालमा पनि जम्मा ४७ संक्रमित भएकोमा ७ जना निको भएका छन् । यो क्रम निररन्तर बढिरको छ । यसले विकासित देश मात्र होइन, गरिव र कम विकसित देश पनि प्रभावित भइरहेका छन् । यसको अन्त्य कसरी र कहिले हुने कुरामा शंका कायमै छ । यो झट्ट हेर्दा स्वास्थ्य समस्या जस्तो लागेपनि यसको असरहरु आम समाज र विविध क्षेत्रमा देखिनेछन । मानव स्वास्थ्य र स्वास्थ्य सेवाका अलवा यसले हरेक देशको अर्थतन्त्र, ब्यापार, शिक्षा र मानव जीवनको हरेक पक्षमा असर छाड्नेछ । यसरी कोभिड आतंकले हाम्रो समाजलाई थुप्रै चुनौतीहरु थपेका छन भने अवसरहरु पनि दिनेछ । विश्व बैंकले विश्वव्यापी महामारीका कारण नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुको आर्थिक बृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत गिरावट हुने बताएको छ । यसरी कोभिड १९ पछिको विश्व परिवेश र हाम्रो समाजमा के कस्तो परिवर्तन होला भन्ने कुरा कठिन भएपनि केहीे अनुमान गर्न सकिन्छ ।
त्यसैले सर्वप्रथमतः विश्वले चरम आर्थिक मन्दी खेप्नु पर्नेछ । यसबाट खासगरी मानिसहरुको आवत जावत र ब्यापार प्रभावित हुनेछन । एक अनुमान अनुसार विश्वका ५० करोड भन्दा बढि मानिसहरु गरिवीतिर धकेलिनेछन् । बेरोजगारी र सुकुम्बासी समस्या पनि बढ्ने पक्का छ । यो आर्थिक विचलन पूर्वी तथा दक्षिणपूर्वी एशियाले बढि खेप्नु पर्नेछ ।
यसका कारण विश्वब्यापी नाकाबन्दी पछि पृथ्वीको कम्पन नै कम भएको तथ्य पनि आइसकेको छ । विश्वको वातावरणिय अवस्थामा केहि सुधार हुनेछ । विश्व आर्थिक मञ्चका अनुसार विगत महिनाको तुलनामा हावाको प्रदुषण घटेको र गुणस्तर बढेको छ । हरेक राष्ट्रको वातावरण र जलवायू परिवर्तन र संरक्षण सम्बन्धी काममा लगानी बढ्ने्छ । विश्वको जन्संख्यामा समेत भारी कटौती हुनेछ । मानिसहरुको जीवनमा पैसाको भन्दा धर्ती र आकास अनि माटो र पानीको महत्व बढेर जानेछ । राज्यले भौतिक विकासमा मात्र नभई सामाजिक विकास खासगरी शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछ । सरकारका निकायहरु जस्तै स्वास्थ्य मन्त्रालय प्राकृतिक र दैवी विपतीका लागि संधै तमतयार रहनेछन् ।
सामाजिक रुपमा हेर्दा पनि धेरै कुराहरुमा परिवर्तन आउने सम्भावना छ । सीमीत समयका लागि काम गर्ने प्रथा बस्नेछ । घरबाटै र दूरस्थानबाट ृचझयतभथिे पनि धेरै काम गर्ने चलन चल्नेछ । नगद कारोबार घटेर विधुतिय विधिमा भर परिनेछ । यलष्लिभ कभचखष्अभक, दष्तअयष्ल, भ(अयmmभचअभ, भ(उबथ, तभभि(जभबतिजरतभभि(mभमष्अष्लभ, खष्चतगब िmभभतष्लन आदीको प्रयोग बढने्छ । सार्वजनिक कार्यक्रमहरु, समूहगत खेलकुद, साप्ताहिक हाटबजार जस्ता गतिविधीहरु बन्द प्रायः हुनेछन । समाजमा देखावटी रुपमा गरिने भिडभाड हुने खालका भोजभतेर र साँस्कृतिक कर्मकाण्ड निरुत्साहित हुनेछन् । धर्र्तीको स्याहार र सम्भारमा जोड गरिनेछ । परम्परागत र प्राकृतिक खेतीप्रणाली, खानपीन र घरेलु तथा परम्परागत औसधि उपचारमा मानिसहरु फर्कनेछन् । मांशहारीको संख्या घट्नेछ र साकाहारीहरु बढ्नेछन् । सामुदायिक सरसफाइमा र स्वास्थ्यमा उच्च सतर्कता अपनाइनेछ ।
तर यसको प्रभावले मनोसमाजिक मानसिक स्वास्थ्य समस्या बढ्नेछ । मानिसहरुको दैनिकीमा आमूल परिवर्तन आउनेछ र धेरै मानवहरुमा विकास र सम्वृद्धीलाई हेर्ने चेत फर्किनेछ । मानिसहरु बिदेशबाट नेपाल र शहरबाट गाउँ फर्कनेछन् । पारिवारिक रुपमा पनि मानिसहरु बढि समय घरमा विताउँनेछन् । यसले परिवारका सदस्यहरुमा आपसी सम्बन्ध राम्रो हुनेछ । यसबाट एकातिर मेलमिलाप बढ्नेछ तर यसको विपरित घरेलु हिंसा बढ्न सक्ने पनि उतिकै खतरा छ । हरेक ब्यक्तिले मानव जीवनको महत्व बुझ्नेछ । मानिसहरु ब्यक्तिगत स्वास्थ्य र सरसफाइ प्रति बढि नै सजग रहनेछन् ।
कोरोना पछिको हाम्रो दायित्व
कोरोना महामारी पछि हाम्रो समाजमा धेरै कुरामा परिवर्तन आउन आवश्यक छ । हरेक ब्यक्तिका दैनिक जीवनशैली देखि राज्यको नीति, कार्यक्रम र प्राथामिकतामा पनि सचेततापूर्वक परिवर्तनको खाँचो छ । हरेक ब्यक्ति र उसको परिवार मिली समाज बन्छ । विभिन्न समाजहरु मिलेर नै राष्ट्र वा देश बन्छ । त्यसकारण यी अपेक्षित परिवर्तनहरु सबैको हितमा छन् । हिजोको समाजमा भएको विकासको नाममा आयातित संस्कृति, धर्तीको दोहन गर्ने होडबाजी र मानव गल्ति सच्याउन सके सबैको जीवन सरल र गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा कुनै शंका छैन ।
ब्यक्तिगत तवरमा हरेक ब्यक्ति सचेत हुनु अपरिहार्य छ । यसका लागि कोइला र दत्तिवनले दाँत माझ्न पर्दैन । रिठा, खरानी र पीना जस्ता पदार्थले कपडा पनि धुन पर्दैन तर पनि हरेक ब्यक्तिले आफनो जीवनमा केही भिन्नता भने पक्का ल्याउन सकिन्छ । मेहनती किसानहरु महान छन् जसलाई हामी सत्कार गरौं । किनकी हाम्रो खाना बोटविरुवा वा पशुपन्छीबाट आउने गर्दछ । यस बाहेक पनि हरेक नागरिकका घरमा साना ठूला करेसाबारी बनाउन सकिन्छ । शहरी क्षेत्रमा पनि सानो घरबगैचा वा कौसी खेती गर्न राम्रो हुन्छ । जसबाट दैनिक उपभोगका लािग कम्तिमा तरकारी त उत्पादन होस । हरेक छाकमा पाक्ने अनाज र सब्जी ताजा सफा र विषदीरहित भए स्वास्थ्यका हिसावले धेरै बेश हुन्छ । दैनिक रुपमा करेसाबारी वा बगैँचामा काम गर्दा प्राप्त हुने आनन्द र मनोसामाजिक स्वास्थ्य अति लाभदायक हुन्छ । यसलाई स्वास्थ्य मनोविज्ञानको भाषामा पर्यावरण्ीय उपचार विधि ९भ्अयतजभचबउथ० पनि भनिन्छ । भोलिका कर्णधार साना वालवच्चालाई पनि चाउचाउ, चकलेट जस्ता पत्रु खाना भन्दा घरमै पाकेको रोटी, ढिडो, तरकारी र नियमित खाना दिनु राम्रो हो । यसको साथै ती प्रांगारिक खानाको महत्व र पोषणबारे राम्रोसंग बताउनुपर्छ । त्यसैगरी बजारका पत्रु खानाको नकारात्मक पाटो र असरहरुबारे पनि सचेत गराउनु पर्छ । घरमा अनुत्पादक कुकुर र विरालो भन्दा एकजोर उत्पादनशील पशुपन्छी पाल्न किन नसकिने ? यसरी आफ्नो उत्पादनमा भर पर्ने थितीको अभ्यास गर्दा राम्रो हुनेछ । गुन्द्रुक, सिन्की र मसौरा जस्ता खानेकुराको जोहो र प्रयोग गर्दा खर्च पनि बचाउन सकिन्छ । वनजंगलमा पाइने कर्कलो, सिस्नो, निगुरो, च्याउ जस्ता तरकारी तथा अन्य औसधिजन्य वनस्पतिको संरक्षण, संकलन, उत्पादन र उपयोगमा जोड दिनुपर्छ । त्यसैगरी स्थानिय उत्पादनहरुलाई प्रोत्साहन गर्न सकिन्छ । जसले किसानले पनि श्रमको उचित मोल पाउन र स्थानिय अर्थतन्त्र पनि बनोस् । तर यसका लागि साना किसान प्रति आदर र उनका उत्पादनको खपत गर्ने, किसानहरुको सहकारी बैक र अन्य सामुहिक हितका लागि बनेका संस्थाको सेवा लिने बानी र विश्वासको आवश्यक छ ।
सरकारी तवरबाट आगामी दिनमा के कस्ता रणनीति लिने सम्बन्धमा नीजि क्षेत्र समेतको सहभागितामा उच्चस्तरीय कार्यदल बनाई कोरोना प्रभावको अध्ययन अनुसन्धान गरिनुपर्दछ । उर्जाका लागि महंगा आयातित ग्याँस र पेट्रोलियम पदार्थ भन्दा गोबर (जैविक) ग्याँस, सौर्य शक्ति (सोलार) र देश मै उत्पादित विजुलीमा भर पर्न सकिन्छ । यातायातको लागि साइकल र विधुतीय सवारी साधनको प्रयोगमा बढवा दिन सकिन्छ ।
मानव जीवन र प्रृकतिको सम्बन्ध बिगे्रकाले पनि आजको नियति भोग्नु परेको यथार्थ हो । त्यसकारण यसमा सुधार र धर्ती माताको स्याहार संभार हाम्रो कर्तब्य हो भनेर सबैले बुभ्नै पर्छ । फगत पैसा मात्र भन्दा पारिवारिक, सामाजिक र प्राकृतिक सम्बन्धमा जोड दिनु ढिला भइसकेको छ । यसरी परम्परगत सीप, ज्ञान र प्रविधिको खोज, जगेर्ना र प्रवर्धनको महत्व बढेर गएको छ । स्थानिय जडिबुटी बाट घरेलु उपचार साथै अन्य बैकल्पिक र परम्परागत विधीहरुमा आधारित उपचार र औषधि विज्ञानका उपायहरु अपनाउन सकिन्छ । जुन सर्वसुलभ, बढि प्रभावकारी र सबैको पहुँचमा पनि हुन्छ ।
यस विषम परिस्थितीबाट सिकेर राज्यस्तरमा पनि विभिन्न कदमहरु तत्काल उठाउन सकिन्छ । मठमन्दिर र चर्च भन्दा विधालय र अस्पतालहरु निर्माण गरिनुपर्छ । कृषि र पशुजन्य उधमशीलतामा जोड दिंदै बेराजगार युवाहरु खासगरी बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ज्ञानको उपयोगमा ध्यान दिन सके यसबाट राम्रो लाभ लिन सकिन्छ । विश्लेषक आहुतीको भनाईमा नेपालीहरु चाहेर बेरोजगार भएका होइनन् तर देशमा आवश्यक संख्यामा रोजगारीको अवशर नभएको कारण बिदेशिएका हुन् । यसरी उनीहरुका लागि थप अवसरहरु सृजना गर्न सकिन्छ ।
सरकारले नीजि क्षेत्र र सार्वजनिक सेवा बीच स्पष्ट सीमा रेखा कायम गर्न जरुरी छ । शिक्षा, स्वास्थ्य र सामाजिक विकास जस्ता जनताको जीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरुमा सरकारको पूर्ण नियन्त्रण हुनुपर्दछ । यसलाई फेरि पनि नीजि क्षेत्रको हातमा दिएर देशले हिजो कै गल्ति गर्न मिल्दैन । नीजि विधालय र नीजि अस्पतालहरु तत्काल खारेज वा सरकारीकरण गर्नुपर्छ । सरकारले आयातित विषादी र रसायन माथि पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । जिएमओ, हाइब्रीड र इनह्यान्सड बीउ विजन, प्लाष्टिक र अन्य नकुहिने पदार्थहरुको आयात, उत्पादन, विक्री वितरणमा तत्काल रोक लगाउनुपर्छ । जनस्वास्थ्यका हिसावले खराव आयातित वा देशमै उत्पादित भए पनि अस्वस्थ पेय पदार्थहरु र प्लाष्टिक बन्द पत्रु खानाहरु माथि कडा भन्दा कडा प्रतिबन्ध र तिनलाई उच्च करको दायरामा ल्याउनुपर्छ । पुननविकरणीय उर्जा, सोलार र विधुतिय सवारी साधनमा भारी छुट, थप चार्जिङ स्टेसन निर्माण र प्रवर्धनका कार्यक्रमहरु ल्याउनुपर्छ । नेपाललाई पनि छिमेकी देश भुटान र भारतको सिक्कीम राज्यले समेत अवलम्बन गरिसकेको जस्तो प्रांगारिक राज्य बनाउन सकिन्छ ।
Link:
https://www.sajhapost.com/2020/04/24/232841.html?fbclid=IwAR3lNSaVuwiERaavxxzASpNDeQ1VLgm0bNPs6ERmy4w_RpLnbJm_izywxCQ
Link:
https://www.sajhapost.com/2020/04/24/232841.html?fbclid=IwAR3lNSaVuwiERaavxxzASpNDeQ1VLgm0bNPs6ERmy4w_RpLnbJm_izywxCQ
Saturday, April 18, 2020
Wednesday, April 15, 2020
Post COVID-19 Social Welfare in Nepal
COVID DIARY 3:
कोभिड १९ र समाज कल्याणको प्रश्न
डा. सुरेश तामाङ् (समाज कल्याण र जनस्वास्थ्यकर्मी)
डा. सुरेश तामाङ् (समाज कल्याण र जनस्वास्थ्यकर्मी)
कोभिड १९ का कारण आज सारा संसार त्रसित र जर्जर बनेको छ । कोरोना भाइरसको कारण मानव स्वास्थ्य, अर्थतन्त्र र आम समाजमा विविध समस्याहरु देखिन थालिसकेका छन् । हालको अवस्थामा यस माहामारीबाट बच्नु हामी सबैको लक्ष्य हो । हामी सबैजना विस्तारित बन्दाबन्दी (लकडाउन) को अवस्थामा र्छौं । तर आउने दिनमा आफू बाँचेर मात्र भएन । यसबाट अति प्रभावित अन्य जोखिममा रहेको समूहका लागि पनि के कस्ता विशेष ब्यवस्था गर्न सकिन्छ भन्ने प्रश्न हाम्रा सामू रहन्छ । कोभिड १९ ले आर्थिक मन्दी र ब्यापारमा भारी गिरावट आइसकेकोछ । यसको कारण वेराजगारी सृजना हुने लगायत शिक्षा, सामाजिक विकास र समाज कल्याणका हरेक पक्षमा असर पर्नेेछ । यसरी कोभिड १९ आतंकले हाम्रो समाजलाई थुप्रै चुनौतीहरु थपिने छन् । तिनको निराकरणका लागि सरकार र अन्य सबै निकायहरु समयमा नै योजनावद्ध रुपमा लाग्नु पर्दछ । कोभिड १९ पछिको हाम्रो समाजमा हरेक क्षेत्रमा धेरथोर परिवर्तन अपेक्षा गरिएकोछ ।
सर्वप्रथम हरेक देश र समाजले चरम आर्थिक मन्दी खेप्नु पर्नेछ । यसबाट खासगरी मानिसहरुको अर्र्थेपार्जन र खर्च गर्ने प्रवृतिमा ब्यपाक परिवर्तन हुनेछ । खासगरी गरिव, विपन्न, बेराजगार, सुकुम्बासी र भूमिहिन अपांगता भएका, असहाय वाललवालिका, महिला (गर्भवती), विरामी, अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरु अति जोखिममा पर्न सक्ने अवस्था हुन्छ । तसर्थ लोक कल्याणकारी राज्यले कानूनी वा नीतिगत, आर्थिक, भौतिक र उनीहरुको जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने खालका कदमहरु चाल्नुपर्दछ ।
हाम्रो समाज पहिला देखि नै पनि विभेदकारी थियो । अझ कोभिड १९ गर्दा यी समूहका मानिसहरुको जीवनमा थप कष्टहरु बढ्नेछन् । बैदेशिक रोजगारीमा भारी कटौती भइ रेमिट्यान्स घट्ने र युवाहरुमा बेराजगारको संख्यात्मक वृद्धि हुने पष्कक छ । जसको फलस्वरुप समाजमा गरिवी बढ्ने, उत्पादनशीलता कम हुने, श्रमशक्ति खेर जाने र चरम अर्थ अभाव आदी हुनेछ । सामाजिक रुपमा बजार ाउ बढ्ने, आयात झन बढ्ने, ब्यापार घाटा र अति आवश्यक खाद्यान्न, औसधी तथा अन्य अति आवश्यक बस्तुहरुको अभाव हुन सक्छ । यसले गर्दा समाजमा चोरी, ठगी तथा अन्य प्रकारका विकृतिहरु सृजना हुने डर पनि छ । किनकी अभाव र बाध्यताले मानिसलाई अपराध गर्न समेत उक्साउँछ । जसबाट खासगरी गरिव, विपन्न, असहाय वालवालिका, महिला, विरामी (दीर्घरोगी), अशक्त र अपांगता भएका ब्यक्ति तथा जेष्ठ नागरिकहरु बढि जोखिममा पर्नेछन् । यी समूहमा पर्ने नागरिकहरुको दैनिकी र नियमित जीवन थप कठिन हुन सक्छ ।
राज्यले आफ्ना नागरिकहरुलाई यस्तो कठिन अवस्थामा गर्ने सहयोगी कार्य नै समाज कल्याण हो । यी माथिका अति जोखिममा पर्ने समूहका ब्यक्तिहरुको लागि सहयोग गर्न आवश्यक नीति तथा कार्यक्रम सरकारले तत्कालै बनाउनु पर्दछ । बेराजगार युवाहरुलाई थप उधमशील बनाउन खासगरी कृषि र पशुपालनतर्फ आकर्षित गर्नुपर्छ । त्यसमा गैरसरकारी निकायहरु, नीजि क्षेत्र र बैदेशिक र अन्तराष्ट्रिय निकायहरुले समेत देहायका योजना तथा कार्यक्रमहरु तय र लागु गर्दा बेश हुनेछ ।
१) असहाय र टुहुरा वालवालिकाः
विद्यालय शिक्षा निःशुल्क गर्ने, आवश्यक शैक्षिक सामाग्रीहरु प्रदान गर्ने, दिवा खाजा, खोप, भिटामीन र पोषणका लागि थप ब्यवस्था गर्ने, घरबाट पनि पठन पाठन गर्ने ब्यवस्था मिलाउने, १६ वर्ष मुनीका वालालिकाहरु लागि सार्वजनिक यातायात निशुल्क गर्ने ।
२) गर्भवती महिलाः
हरेक घरबाट कम्तिमा १ जना महिलाको लागि रोजागारी दिने, कामको बेलामा स्तनपान गराउन, सुत्केरी विदा र महिला कर्मचारीको लागि थप प्रोत्साहन गर्ने, सुइखोप, भिटामीन र पोषणका लागि थप ब्यवस्था गर्ने, स्वास्थ्य संस्थामा आउन नसक्नेका लागि घरमा नै सुत्केरी गर्न गराउन तालिम प्राप्त ब्यक्तिको सहयोग दिने ।
३) विरामी (दीर्घ रोग), अशक्त र अपागता भएका ब्यक्ति (मानसिक स्वास्थ्य समेत)ः
अपागंता परिचय पत्र प्रदान गर्ने, स्वास्थ्य उपचारमा सहुलियत र प्राथमिकता प्रदान गर्ने, घरमा नै सेवा विस्तार गर्ने, निर्वाह भत्ता र आवश्यक सहयोगी उपकरणहरु (जस्तै, हवीलचेयर) प्रदान गर्ने, सार्वजनिक यातायात निशुल्क गर्ने ।
४) जेष्ठ नागरिकः
वृद्धभत्ता रकममा थप वृद्धि गर्ने, स्वास्थ्य उपचारमा सहुलियत र प्राथमिकता दिने, घरमा नै सेवा विस्तार गर्ने, निर्वाह भत्ता र आवश्यक सहयोगी उपकरण (जस्तै, हवीलचेयर, श्रवणयन्त्र) प्रदान गर्ने, सार्वजनिक यातायात निशुल्क गर्ने ।
५) गरिव तथा विपन्नः
गरिव परिचय पत्र प्रदान गर्ने, ६ हप्ताका लािग निर्वाह र रोजगारी खोजी भत्ता दिने, उद्यमशीलता र प्राविधिक तालिमको निशुल्क ब्यवस्था गर्ने, सुलभ कर्जा र सहुलियतमा वीउ विजन तथा अनुदान प्रदान गर्ने, उत्पादित बस्तुको भण्डारण, प्रशोधन र बजारीकरणको लागि थप सहयोग गर्ने ।
६) बेरोजगार र बैदेशिक रोजगारीबाट फर्किएका युवाः
बेरोजगार परिचय पत्र प्रदान गर्ने, ४ हप्ताका लािग निर्वाह र रोजगारी खोजी प्रोत्साहन भत्ता दिने, उद्यमशीलता र प्राविधिक तालिमको निशुल्क ब्यवस्था गर्ने, सुलभ कर्ता र सहुलियतमा वीउ विजन प्रदान गर्ने, उत्पादित बस्तुको भण्डारण, प्रशोधन र बजारीकरणको लागि थप सहयोग गर्ने ।
७) सुकुम्बासी र भूमिहिनः
वास्तविक सुकुम्बासी र भूमिहिन परिचय पत्र प्रदान गर्ने, निश्चित क्षेत्रफलमा परिवारको गुजारा गर्न जग्गा उपलब्ध गराउने, उद्यमशीलता र प्राविधिक तालिमको निशुल्क ब्यवस्था गर्ने, सुलभकर्जा र सहुलियतमा वीउ विजन प्रदान गर्ने, उत्पादित बस्तुको भण्डारण, प्रशोधन र बजारीकरणको लागि थप सहयोग गर्ने ।
यसरी मूल रुपमा सरकारी निकायहरु साथै नीजि क्षेत्र, गैसस क्षेत्र र बैदेशिक सहयोग निकायहरुले यी सबै अति जोखिममा रहेका समूहका लागि लक्षित सहयोग, सुलभ कर्जा र अन्य कार्यक्रमहरु संचालन गर्न आवश्यक छ । उनीहरुलाई खाद्य सामाग्री खरिद, रोजगारी, तालिम, स्वास्थ्य उपचार र सुलभ कर्जामा प्राथमिकता र सहुलियत प्रदान गर्ने जरुरी छ । तर यी माथिका अति जोखिम समूहको छनौट, निेवेदन दर्ता र परिचय पत्र वितरण तथा सहयता वितरणमा सरकारी निकायहरु अति जिम्मेवार, इमान्दार साथै कठोर पनि हुनुपर्दछ । नत्र हिजोका विभिन्न राहत र विकास अनुदान र सहायताका कार्यक्रमहरु झै यो पनि विवादित र असफल हुने पक्का छ ।
यसरी सरकार र सबै सरोकारवालाहरु मिली यो विपत र यसले सृजना गरेको कठिन अवस्थामा ब्यक्तिगत लाभ भन्दा पनि समाज सेवा र कल्याणकारी भावनाले सबै मिली माथी सुझाव गरिएका कामहरु गर्न सके मानव हित हुने कुरामा विमती रहँदैन । अशक्त वर्गलाई राहत मात्र नभई खासगरी बेराजगार युवाहरुलाई कर्मशील बनाउने पनि लक्ष्य राख्नुपर्दछ ।तर यसबाट मानिसहरुमा सरकार र अन्य निकायको मुख ताक्ने प्रवृति कायम रहने वा अझ बढ्ने र अल्छि हुने जस्ता खतरा पनि छन् । यसप्रति पनि राज्य र सम्बन्धित निकायहरु चनाखो हुनुपर्दछ । त्यसकारण निर्वाह तथा बेरोजगार भत्ता जस्ता कुराहरु निश्चित समयका लागि मात्र प्रदान गरिनु पर्दछ ।
Saturday, April 11, 2020
Post COVID-19 World and Our Society
COVID DIARY 2:
कोभिड १९ पछिको हाम्रो समाज कस्तो होला ?
डा. सुरेश तामाङ्ग
आज सम्पूर्ण विश्व नै कोरोना भाइरसको कारण तनावमा छ । आज सम्ममा कोभिड १९ का कारणले संसारभरमा १६,९६,१३१ मानिसहरु संक्रमित भइसेका छन् । यसबाट एक लाख बढिको ज्यान गइसकेको छ । यो क्रम निररन्तर बढिरको छ । यसले विकासित देश मात्र होइन, गरिव र कम विकसित देश पनि प्रभावित भइरहेका छन् । पृथ्वी माथिको क्रुर अतिक्रमण, तीव्र शहरीकरण, भूमण्डलीकरण र भौतिकवादी (आधुनिक) मानव जीवनशैलीको कारण पनि यो आपति आएको हो भन्ने तर्क अघि सारिएको छ । विश्वब्यापी नाकाबन्दी पछि पृथ्वीको कम्पन नै कम भएको तथ्य पनि आइसकेको छ । यसको अन्त्य कसरी र कहिले हुने कुरामा शंका कायमै छ । यो झट्ट हेर्दा स्वास्थ्य समस्या जस्तो लागेपनि यसको असरहरु आम समाज र विविध क्षेत्रमा देखिनेछन् । स्वास्थ्यका अलवा यसले अर्थतन्त्र, ब्यापार, शिक्षा र मानव जीवनको हरेक पक्षमा असर छाड्नेछ । यसरी कोभिड आतंकले हाम्रो समाजलाई थुप्रै चुनौतीहरु थपेका छन् भने अवसरहरु पनि दिनेछ । विश्व बैंकले विश्वव्यापी महामारीका कारण नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुको आर्थिक बृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत गिरावट हुने बताएको छ ।यसरी कोभिड १९ पछिको विश्व परिवेश र हाम्रो समाजमा के कस्तो परिवर्तन होला अलि अनुमान गर्न सकिन्छ ।
त्यसैले सर्वप्रथमतः विश्वले चरम आर्थिक मन्दी खेप्नु पर्नेछ । यसबाट खासगरी मानिसहरुको आवत जावत र ब्यापार प्रभावित हुनेछ । एक अनुमान अनुसार विश्वका ५० करोड (५४७ मिलीयन) भन्दा बढि मानिसहरु गरिवीतिर धकेलिनेछन् । बेरोजगारी र सुकुम्बासी समस्या पनि बढ्ने पक्का छ । यो आर्थिक विचलन पूर्वी तथा दक्षिणपूर्वी एशियाले बढि खेप्नु पर्नेछ । उसो त वातावरणिय अवस्थामा केहि सुधार हुनेछ । हरेक राष्ट्रको वातावरण र जलवायू संरक्षण सम्बन्धी काममा लगानी बढ्ने्छ । विश्वको जन्संख्यामा समेत भारी कटौती हुनेछ । मानिसहरुको जीवनमा पैसाको भन्दा धर्ती र आकास अनि माटो र पानीको महत्व बढेर जानेछ । राज्यले भौतिक विकासमा मात्र नभई सामाजिक विकास (शिक्षा र स्वास्थ्य) मा लगानी गर्नेछ । सरकारका निकायहरु जस्तै स्वास्थ्य मन्त्रालय प्राकृतिक र दैवी विपतीका लागि तमतयार रहनेछन् ।
सामाजिक रुपमा हेर्दा पनि धेरै कुराहरुमा परिवर्तन आउने सम्भावना छ । सीमीत समयका लागि काम गर्ने प्रथा बस्नेछ । घरबाटै र दूरस्थानबाट [remotely] पनि धेरै काम गर्ने चलन चल्नेछ । नगद कारोबार घटेर विधुतिय विधिमा भर परिनेछ । online services, e-commerce, e-pay, tele-health/tele-medicine, virtual meeting आदीको प्रयोग बढने्छ । सार्वजनिक कार्यक्रमहरु, समूहगत खेलकुद, साप्ताहिक हाटबजार जस्ता गतिविधीहरु बन्द प्रायः हुनेछन् । समाजमा देखावटी रुपमा गरिने भिडभाड हुने खालका भोजभतेर र साँस्कृतिक कर्मकाण्ड निरुत्साहित हुनेछन् । धर्तीको सम्हार र स्याहारमा जोड गरिनेछ । परम्परागत र प्राकृतिक खेतीप्रणाली, खानपीन र घरेलु तथा परम्परागत औसधि उपचारमा मानिसहरु फर्कनेछन् । मांशहारीको संख्या घटन्े र साकाहारीहरु बढ्नेछन् । कुकुर डोराउने मान्छे भन्दा दुध र तरकारी उब्जाउने किसानले बढि सम्मान पाउनेछन् । सामुदायिक सरसफाइमा र स्वास्थ्यमा उच्च सतर्कता अपनाइनेछ । तर यसको प्रभावले मनोसमाजिक मानसिक स्वास्थ्य समस्या बढ्नेछ । मानिसहरुको दैनिकीमा आमूल परिवर्तन आउनेछ र धेरै मनुवाहरुमा विकास र सम्वृद्धीलाई हेर्ने चेत फर्किनेछ । मानिसहरु बिदेशबाट नेपाल र शहरबाट गाउँ फर्कनेछन् ।
पारिवारिक रुपमा पनि मानिसहरु बढि समय घरमा विताउँनेछन् । यसले परिवारका सदस्यहरुमा आपसी सम्बन्ध राम्रो हुनेछ । यसबाट एकातिर मेलमिलाप बढ्नेछ तर यसको विपरित घरेलु हिंसा बढ्न सक्ने पनि उतिकै खतरा छ । हरेक ब्यक्तिले मानव जीवनको महत्व बुझ्नेछ । मानिसहरु स्वास्थ्य र सरसफाइ प्रति सजग रहनेछन् ।
भैसेपाटी, ललितपुर
२०७६ चैत्र ३० गते ।
Friday, April 10, 2020
Lockdown [COVID-19] Diary April 2020
COVID DIARY 1:
Diary [April 10, 2020]
Its been 18th day of the extended lockdown in Nepal, it is critical for preventing us form COVID-19 thus it has been imposed by Nepal Government and many other countries globally. As I have been working from home from day 1 to date. We have weekly virtual [zoom] meeting and almost daily conference call or zoom meeting among the the research team. We have been working on the data analysis, due reports as well as developing new possible research projects.
As a public health professional, I am taking this lockdown very seriously and I discourse any member going out of the gate. As a responsible citizens we can do help the government not spread the virus by staying at home. Prevention is always better, less costly and less painful than cure. Therefore, I have not gone out for searching food or milk. We have some stocked food at home, while we can harvest some green vegetables almost everyday form our small garden. We can also eat limited menu, some preserved items and clear the refrigerator.
This lockdown has given me more time to help in the kitchen, I have worked more in the garden as well, I did a lot of weeding of the unwanted grasses, manuring, arranging pebbles/stones to make small paths around the garden. It has given more time and opportunity to work in other household chores. In terms of family time, we do morning exercise or yoga/meditation, cook together, watch movies or documentaries together.
Furthermore, I am very active in social media, so, I keep me updated with any development of COVID-19, latest data and news reports that are needed for our own internal work. I am keeping track of Nepal's actions along with the support from EDPs. I am also writing and sharing some useful tips and news that help people to stay strong and be aware of possible spread of COVID-19.
In addition, I have designed and conducted an online survey how people are spending their time at home, if they are using it productively or not. This also will give me an account of people who have access to Internet, who uses computers and also have some time to respond my survey besides their work or other responsibilities.
This is true that we have no options other than staying at home. It is also critical to be not CovidIdot, so we better stay at home and do not go out unless it is really an emergency!
In fact, hope is important in our life, so we stay strong and positive. We have to be prepared for the worst but with a hope of best to happen.
Stay inside home and do not panic but take it seriously!
Here is the link of the survey:
https://www.surveymonkey.com/r/GFYY2N3

Wednesday, April 1, 2020
Funding Opportunities for 2020-2021
Funding Opportunities ....
Check these out and apply if you are qualified and interested!!!!
GOOD LUCK!
For women entrepreneurs running NGOs NCore+facebook
https://ncore.foundation/apply/…
https://ncore.foundation/apply/…
Zayed Sustainability Prize
https://zayedsustainabilityprize.com/en/
https://zayedsustainabilityprize.com/en/
UN Young Champions of Earth 2020
https://www.unenvironment.org/youngchampions
https://www.unenvironment.org/youngchampions
UNESCO accepts applications for the International Fund for Cultural Diversity (IFCD)
https://en.unesco.org/…/call-applications-open-internationa…
https://en.unesco.org/…/call-applications-open-internationa…
SEEKING RADIO JOURNALISTS AND PARTNERS FOR PODCAST TRAINING
https://prb.submittable.com/…/population-stories-podcast-tr…
https://prb.submittable.com/…/population-stories-podcast-tr…
Women Fund Asia
http://www.womensfundasia.org/Beijing25/
http://www.womensfundasia.org/Beijing25/
CFH Foundation
https://cfhfoundation.grantsmanagement08.com/
https://cfhfoundation.grantsmanagement08.com/
Jephcott Charitable Trust
https://www.jephcottcharitabletrust.org.uk/applytojct.htm
https://www.jephcottcharitabletrust.org.uk/applytojct.htm
Subscribe to:
Posts (Atom)
दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY
मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...

-
It was probably around late-1980s. I was born and raised in Eastern hills of Nepal. My hometown, Tumlingtar was/is a popular trekking route ...
-
आचुङ्मा (सानो) सर ! मैले २०४५ सालमा एसएलसी पास गरे । उसबेला म करिब १६ वर्षको मात्र थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिर्ण भएका मध्य...
-
Pef]sf8f]sf] klxnf] :jfbM e]8faf/Lsf kl08t / bfªsf rf}w/L a'af . @)%^ / %& ;fndf g]kfndf slkm v]ltsf] tTsfnLg cj:yf / ef...