Monday, January 4, 2021

धिक्कार छ ती हातहरुलाई

धिक्कार छ ती हातहरुलाई, जो असल कर्म गर्नु भन्दा पसारिन मन पराउँछ, सृजना गर्नु भन्दा चोरी गर्न लम्कन्छ, सीप तिखार्न भन्दा अरुतिर ठडिन खोज्छ, अनि, धिक्कार छ ती हातहरुलाई, जो सीमा स्तम्भ जोगाउनु भन्दा दुइ चोक्टा बेच्न रमाउँछ, सावेल गैँची चलाउनु भन्दा झण्डा र पुल्ठो झोस्दा अघाउँछ, त्यति मात्र हो र ? विचार र तर्क हैन फाल्तु टुक्का सुनेर ताली पड्काउँछ । डा. सुरेश तामाङ पुस २१, २०७७

No comments:

Post a Comment

मेरो ईलामसँगको साइनो ।

ईलाम जिल्लासंग मेरो वाल्यकाल देखीको भावनात्मक सम्बन्ध छ । म बीसौं पटक ईलाम गएको/आएको छु, तर पनि हरेक पटक नयाँ काम, नयाँ ठाउँ, नयाँ परिवेश र...