Saturday, December 4, 2021

कुनै बेला सगरमाथाको प्रवेशद्वार मानिने जिरीको फेरिएको रुप

कुनै बेला सगरमाथाको प्रवेशद्वार मानिने जिरीको फेरिएको रुप: डा सुरेश तामाङ- काठमाडौंबाट १८५ किमी पूर्वतर्फ रहको जिरीका लागि हामी रवाना भयौं। करिब १० बजेतिर निस्केर बल्लतल्ल लोकन्थली काटेपछिमात्र हाम्रो मोटरको गति केही बढ्यो। खाडीचौरमा खाना खाँदा करिब १ बजिसकेको रहेछ। त्यसपछि हामी लाग्यौं उकालो। भोटेकोशी पुलदेखि मुढेसम्म सडक राम्रो रहेछ। तर, त्यहाँबाट खरीढुंगा, बोच हुँदै चरिकोट बजारसम्मको

Friday, December 3, 2021

म आफ्नै जन्मदिन ख्याल समेत गर्दिन [It was my birthday surprise!]

म जन्मदिन र विवाह वार्षिकी जस्ता चाड मान्दीन । बास्तवमा आफ्नै जन्मदिन ख्याल समेत गर्दिन । मेरो मतलव, यी चिजहरु मनाउँ तर सचेत भएर । अनावश्यक खर्च र विसँगति नभित्राउँ भन्ने हो । सन् २००३ मा जापान जाने र आउने क्रममा म बैंकक पनि घुम्न गएँ । मलाइ लिन मेरा साथी स्वर्गीय पिपाट र न्यनटिीपोन सिटुन विमानस्थल बाहिर आएका थिए । उनीहरुले फूलको माला दिएर मलाई स्वागत गरे । एकछिन पछि आफ्नो घर लगेर झोला सुटकेस थन्काएपछि साँझको खानपीन गर्न र शहर हेर्न बाहिर लगे । हामी बैंककको कुनै भागको एक ब्यपारिक केन्द्रमा रहेको एक रेसटुरेन्टमा गयौं । त्यहाँ एउटा निर्धारित कोठा सुरक्षित राखिएको रहेछ । आरामदायी काउचमा हामी बस्नासाथ एक हुल उस्तै कपडा लगाएका कर्मचारीहरुले कोठा भरियो । कसैले क्यान्डल बलेको बर्थडे केक पनि टेबलमा राख्यो । उनीहरु सबैले एकसाथ हेप्पी बर्थ डे टु यु भनेर गीत गाए । म त अलमलमा परेँ कसको जन्मदिन हो भनेर । सबैले मलाई नै हेरेपछि मलाई याद आयो, त्यो दिन त मेरो जन्मदिन पो रहेछ । अनि हतारमा अलि अभिनय सहित अचम्म मानेको प्रतिकृया जनाएँ । बास्तवमा मलाई सरप्राइज दिन त्यो सबै कुरा रचिएको रहेछ । श्रम विभागबाट सेवानिवृत मित्र पिपाट आज यो धर्तीमा हुनुहुन्न । उहाँका दाहसस्कारमा भने सारिक हुन पाएको थिएँ । हार्दिक श्रद्धासुमन । परिवारजनसँग फेरि भेट हुने आशा छ । धेरै पुरानो चिनीरोग देखि हाडमासीको क्यान्सर सम्म उनमा थियो । उनी पटक पटक अस्पतालमा भर्ना भएका थिए । तर आधुनिक औषधी विज्ञानले पनि उनलाई बचाउन सकेन । पिपाट सिटुन एक उच्च पदस्थ सरकारी कर्मचारी थिए । उनले धेरै वर्ष श्रम विभाग अन्तर्गत सीप विकास केन्द्रमा काम गरे । उनी हालै निवृत भएका थिए । मैले उनलाई सन् २००२ ताका स्वीडेनमा एक अन्तराट्रिय परियोजना ब्यवस्थापन तालिममा भेटेको थिएँ । हाम्रो सम्बन्ध त्यसपछि निकै गाढा भयो । उनी र उनको श्रीमति न्यान्टीपोर्न सिटुनले २ पटक नेपाल भ्रमण गरेका थिए । मैले पनि उहाँहरुलाई काठमाण्डौं, पोखरा, लुम्बिनी, जनकपुर, सँखुवासभा समेत घुमाए ।कासीकोर्न बैंकमा काम गर्ने उनकी श्रीमती । न्यान्टपोर्न अकोै साल निवृत हुने कुरा थियो । उनीहरु फेरि तेसे्रा पटक नेपाल आउने योजनामा थिए । तर पिपाटको अल्पायूमा नै मृत्यू भयो । शायद ६० वर्ष, २ महिना र २३ दिनमा ।
I usually do not celebrate my birthdays and marriage anniversaires. I often forget these dates. When I was travelling to and from Japan in 2003, I decided to stop by Bangkok [Thailand] for visiting my friends and families but also to experience Thailand. My friends Mr. Pipat & Ms. Nantiporn [Yoke] Seetoon welcomed me at the Suvarnabhumi airport with the flower garland [leis]. They drove me to their home and dropped the suitcase/bags. Then we went to a shopping mall in the city center for shopping. They offered me dinner. We went to a restaurant, sat in an area assigned to us. Suddenly, a group of uniformed staff came together surrounding our table. Someone brought the cake with a candle, and they started singing ``Happy Birthday to You" immediately. I was puzzled initially, then just realized it was for me, of course it was a surprise, it was my 31th birthday! My friend Pipat died in 2019 in his 60s due to multiple health conditions that modern medicine could not save him. He was recently retired from the Labor Department. Rest in Peace my dear brother! Fortunately, I was able to attend his funeral briefly! and met the entire family! Yoke is still surviving, hope to see Yoke soon! I met Pipat in Stockholm [Sweden] in 2002 when we attended the advanced international project management training funded by SIDA. They visited Nepal twice, we were able to visit Kathmandu, Pokhara, Lumbini, Janakpur and Sankhusabbha, they also visited many parts of India. They had a plan to visit Nepal again!
Facebook link: https://www.facebook.com/media/set/?set=a.10151285727177615&type=3

Monday, November 1, 2021

मैले देखेको पशुपती आर्यघाट

मलाई यो वर्ष पटक पटक आर्यघाट जाने बाध्यता भयो । आफन्तजनहरुको देहवसान र अन्तिम सँस्कारका लागि जानु पर्ने गन्तब्य मध्ये बौद्ध र स्वयँम्भु बाहेक एक आर्यघाट पनि हो । मैले कहिले दिनमा त कहिले मध्यरात सम्म पनि त्यहाँको चिसो सिरेटोमा जल्दै गरेको लास हेरेँको छु । पटक पटक त्यहाँ गए पछि मेरा मनमा धेरै कुराहरु खेले । मानव जीवनको एक मात्र अन्तिम सत्य मृत्यु नै हो । एकदिन हरेक मान्छेले खाली हात यो धर्तीबाट विदा लिनै पर्छ । हामीलाई चाहिने अन्तिम सवारी साधान हरियो बाँसको खट मात्र हो । आर्यघाटको नियमित कर्म शुरुमा मृतकको नाम दर्ताबाट शुरु हुन्छ । त्यसपछि आवश्यक सरसामान, कर्मचारी सहित एउटा चिता तोकिन्छ । हिन्दु परम्परा अनुसार ब्रम्हनाल लगायत नियमित कर्मकाण्ड गरी सकेपछि लासलाई चितामा राखी आगोमा जलाइ नष्ट गरिन्छ । अन्तिममा बाँकि रहेको सानो अस्तुधातु पनि वागमतीमा विसर्जन गरेर आगो टेकी मलामीहरु घर फर्कन्छन् । अन्य विभिन्न जाती, क्षेत्र र साँस्कृतिक समूदायहरुका मृत्यु सँस्कारमा विविधता पाइन्छ । जस्तै, तिब्बती र नेपालका उच्च हिमाली भेगमा लासलाई काटेर गिद्धलाई खुवाउने वा अन्य क्षेत्रमा जमिनमा गाड्ने जस्ता सवदाहका अन्य तरिकाहरु पनि प्रचलित छन् । श्लेस्मान्तक वनतिर किराँती तथा अन्य धर्मावलम्बीहरुका लागि पनि सवदाहका लागि निर्धारित स्थान तोकिएको छ । जे जसरी दाहसँस्कार गरेपनि एक मुठि प्राण सकिएपछि सबैको जानेबाटो त एउटै रहेछ ।
ऐतिहाँसिक कालदेखि नै यहाँ अत्येष्टी गर्दा पितृको स्वर्गमा बास हुने विश्वास एकातिर छ । तर हरेक दिन आर्यघाटमा जल्ने मृतकका लासहरुको धुँवा र प्रयोग हुने काठ दाउरा, खरपराल, वागमती नदिमा फालिने कोइला र अन्य सरसामानको कारणबाट सृजना हुने नदि, हावा र वातावरण प्रदुशषणको हेक्का राख्नै पर्छ । हालै निर्मित विधुतीय सबदाह गृह [Electric Crematorium] वातावरणीय हिसाबले उचित भएपनि केहि समय बन्द भएको थियो । तर हालै यो संचालनमा आएको रहेछ । यसै क्रममा अर्को नयाँ कुरा पनि थाहा भयो । यदि कुनै दिन यहाँको घाटमा कुनै लास जलेन भने माछा वा सिद्रा पोलेर भए पनि महादेवलाई वास्ना दिनुपर्ने भन्ने मौखिक कहावत र जनविश्वास पनि रहेछ । पशुपतीनाथ सँसारका हिन्दुहरुको लागि अति पवित्र तीर्थस्थल हो । यहाँ दैनिक रुपमा पाठपूजा, धार्मिक कर्मकाण्ड, आरधना र साँझमा नियमित आरती पनि गरिन्छ । बेलाबेलामा पर्ने विशेष धार्मिक चाडपर्व र विदेशी तीर्थयात्रीका आगमनका बेलामा भने थप भिडभाड हुन्छ । तर पशुपती परिसरमा विविध ब्यवस्थापकिय कठिनाइ पनि छन् । सरसफाइ र वातावरणीय प्रदुषणको पाटो उतिकै पेचिलो छ । फोहरमैला ब्यवस्थापन, चर्पी, पानी, सवारी पार्किङ्गमा चुनौतीहरु जिउँदै छन् । शान्ती सुरक्षाका लागि प्रहरी प्रशासन र स्वयम्सेवी सँस्थाहरु पनि लागेकै छन् । नजिकैका टहरोहरुमा बेपर्वाह सुतेका घरपरिवार विहिन मानिसहरु देख्दा मन नकुँडिने को होला । त्यहाँ पैसा माग्ने मगन्ते र साधुजोगीहरु पनि यत्रतत्र भेटिन्छन । लागुऔषध दूब्र्यसनी र सडक वालवालिकाहरुका बारेमा पनि हामी मौन रहन सकिन्न । तर आर्यघाटले फूलमाला, प्रसाद, अन्य सामाग्री, बोतलबन्द पानी र चिया ब्यापारी तथा कर्मकाण्ड गर्ने पण्डित पूजारीहरुको लागि जिविकाको अवसर समेत दिएको छ । यहाँस्थित पशुपती क्षेत्र विकास कोेषको कार्यालय, त्यहाँ कार्यरत थाइ अस्थाइ कर्मचारी र प्रशासकहरु साथै चुलिँदै गएको सेवा शुल्क, आकल झुकल भएका चोरी चकारी र अपराधका घटनाहरु पनि मनन योग्य छन् । पशुपती क्षेत्र विगतदेखि राज्यसत्ता र राजामहाराजाहरुले सँरक्षण गरेको धार्मीक स्थल हो । यहाँ हाल सम्मै पनि राज्यको ढुकुटी दोहन हुने गरेको छ । समय समयमा पद, श्रोत र अन्य लाभका लागि राजनीति पनि भएको छ । तर हिजो सम्म केवल हिन्दु मात्रको लागि प्रवेश भन्ने जस्तो नियम अब्यवहारिक थियो । यदि यो कायम भए हालको धर्मनिरपेक्ष नेपालको सन्दर्भमा भने यो सरासर कानूनसँग बाझिएको छ । पशुपतीनाथको मन्दिरमा हालै करोडौं मूल्य बराबरको जलहारी राख्ने योजना विवादित भएको छ । वागमती क्षेत्रको विकास तथा सुधार गर्ने नाममा संचालित परियोजनाहरुको नाममा हुने राजनैतिक खिचातानी र भ्रष्टाचारको लहरो पनि यहिँ अड्किएको छ । अन्ततः हामी यस धर्तीका २ दिनका पाहुना हौ, एकदिन सबैले यहि बाटो खाली हात जानै पर्छ । तसर्थ अनावश्यक लोभ लालच, पाप र अधर्म नगरौं । अन्य नागरिक लगायत सँसारका सबै प्राणीहरुलाई घृणा होइन माया गरौ । हाँसो खुशी, ममता, प्रेम र सद्भावले बाँचौ । मृतकका आत्माहरुले शान्ती पाउन । ---- भैँसेपाटी, ललितपुर, २०७८ कात्तिक १८

Saturday, October 30, 2021

My childhood Memories: Pumpkin Ghost [Jack-o'-lantern]

It was probably around late-1980s. I was born and raised in Eastern hills of Nepal. My hometown, Tumlingtar was/is a popular trekking route and the gateway to Mt. Makalu and Mt. Everest via. Salpa pass.  Many trekkers and summiteers used to travel around and trek to the mountains. Some used to fly from Kathmandu to Tumlngtar, while others used to trek via Dharan, Dhankuta, Hile for several days. They used to have small to large campsites in and around Tumlingtar airport and surrounding villages including ours. I was perhaps a middle school kid but a proactive and extrovert boy. I used to introduce/talk to the unknown foreigners, to practice my English language conversation skills. I had met many British, German, American, French and Italian visitors. I do not remember who the person was, but s/he must be an American tourist who later sent me a special gift. I had no idea when s/he got my address but might have noted it during our conversation. An Italian gentleman [Michele] sent me the photo with him and some other gifts. One day, I unexpectedly got a heavy packet of books by post. It was the collection of 12 volumes of National Geographic Magazine [colorful, English]. I was more than happy. I randomly reviewed them, flipped several pages; and perhaps I read some sections, but specially viewed the images of the nature, plants, and animals of the world. But, I think I saw a photo of a carved pumpkin like a ghost in one of the volumes, perhaps it was about the Halloween day [festival] and the Jack-o'-lantern. I was a curious and a fast learner since my childhood.
Tumlingtar is the part of the deepest Arun valley. In Tumlingtar, we used to grow plenty of pumpkins, other tropical fruits, and vegetables. I tried to imitate the pumpkins as portrayed in the magazine. I cut off the head of the pumpkin, cut out the seeds and stuff from inside, and made the scary eyes, a nose, and large teeth. One evening, on a dark night, during this time of the year, I kept the carved pumpkin with a candle inside by the corn field near my house along the small path that connects other houses in my village. Eventually, someone screamed, and she was our aunty who was so scared of the ghost-like image inside the corn field. She ran towards our house! Ultimately, I had to disclose that I was the one who created that ghost! I still feel sorry about the mischief! I love to meet again and thank to the generous mountaineers/trekkers ! Happy Halloween! ................................................................................................................................................. वाल्यकालको सम्झनाः फर्सिको भूत ...................... यो कुरा १९९० कै दशकको हो । म सायद ६, ७ कक्षा मै पढ्थे होला । म पूर्वी नेपालको अरुण उपत्याकामा जन्मेको मान्छे । मेरो गाउँ तुम्लिङ्गटार । तर वच्चा देखि नै म अलि चतुर र जिज्ञासु भने थिएँ । उसबेलामा विदेशी पदयात्री, पर्यटक र मकालु र साल्पापास भएर सगरमाथा हिमाल आरोहीहरुको ओइरो लाग्थ्यो । काठमाण्डौंबाट तुम्लिङ्गटार उडेर वा धरान धनकुटाबाट हिँडेर बर्षेनी पर्यटकहरु आउँथे । कसैले तुम्लिङ्गटार एयरपोर्ट र कतिले वरिपरिका गाउँमा तम्बु टाँगेर रात बिताउँथे । म उनीहरुसँग सकि नसकि अँग्रेजी बोल्ने प्रयास गर्थे । मैले धेरै वेलायती, जर्मन, अमेरिकी, फ्रान्सेली र इटालियन नागरिकहरुसँग कुरा गरेको थिएँ । अर्का एक इटालियन नागरिकले उहाँसँगको फोटो र केहि उपहार पठाएका थिए । शायद कुनै अमेरिकी पर्यटकले मेरो नाम ठेगाना लगेछन् । पछि हुलाक मार्फत एक ठूलो खाम आयो । जसमा १२ वटा National Geographic Magazine का रँगीन किताबहरु थिए । म त दँग परेँ । मैले सबै पढिन र पढ्न सक्ने कुरा पनि भएन । तर कतै एउटा फर्सिको भूत (चित्र) भने देखेँ । नयाँ कुरा सिक्न म सारै उत्सुक भएँ । मेरो गाउँमा फर्सि धेरै फल्छ । एकदिन मैले फर्सिको भूत बनाउने विचार गरेँ । पाकेको राम्रो फर्सि काटेर डरलाग्दा आँखा, भयानक दाँरा र नाक पनि बनाएँ । एक साँझमा त्यसभित्र बत्ति बालेर घरनजिकै बारीमा राखेँ । एकछिन पछि त्यहि बाटो भएर आउने मान्छेले त्यो डरलाग्दो चिज देखेर चिच्याउन थाले । उहाँ हाम्रै काकी (माइली आमा) रहिछन् । उहाँ हाम्रो घरतिर हुत्तिएर आउनुभयो र त्यो विचित्रको बस्तुबारे बताउनु भयो । अन्ततः त्यो भूत बनाउने बदमास म नै भएको पत्तो लाग्यो । अहिले पनि यो कुरा सम्झिँदा रमाइलो पनि लाग्छ तर काकीलाई तर्साएकोमा भने खेद छ ।

Saturday, July 10, 2021

आचुङ्मा (सानो) सर [The Tiny Teacher]

आचुङ्मा (सानो) सर !
मैले २०४५ सालमा एसएलसी पास गरे । उसबेला म करिब १६ वर्षको मात्र थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिर्ण भएका मध्ये म दोस्रो थिएँ । परिवारजन र मेरो आफ्नै पनि धेरै अपेक्षा थियो । तदअनुसार त्यसबर्ष आफुले भनेको जस्तो बिषय पढ्न नपाएकोले मेरो क्याम्पस जाने सपना रोकियो । मैले विराटनगरमा पिसिएल नर्सिँग र थापाथलीमा मेकानिकल इन्जीनियरिँगमा नाम दर्ता भएर पनि पढिन । मेरो एक वर्ष खेर जाने पक्का भयो । आजकाल त्यसलाई ग्याप इयर भन्दा रहेछन। तर त्यहि बेला तत्कालिन राजा बीरेन्द्रले एउटा योजना अघि सारेका रहेछन् । नेपाललाई पनि एशियाली मापदण्डमा पुर्याउने । तिनताका हिमाली जिल्ला संखुवासभा जिल्लाको उत्तरी भोटखोलाको शैक्षिक अवस्था निकै दर्दनाक थियो । साविकको पावाखोला (हाल मकालु गापा) गाविस वडा नं ७ स्थित भोटेगाउँमा एउटा विद्यालय खोल्ने प्रस्ताव आयो । प्रधानाध्यापक स्वर्गीय गोकुल घिमिरेका साथमा मेरो अस्थाइ प्रावि शिक्षकको रुपमा नियुक्ति पनि भयो । त्यो बेलामा मेरो तलब जम्मा ९६० रुपैयाँ थियो । त्यसको ९० प्रतिशत दुर्गम भत्ता बापत उपलब्ध थियो । गोकुल सर र म भोटखोलाकोे यात्रामा लाग्यौं । कलिलो उमेर र पहिलो जागिरले गर्दा म एकदमै उत्साहित पनि थिएँ । तर यो मेरो अविस्मरणिय र पहिलो भोटखोलाको यात्रा थियो । उकालो ओरालो गर्दै जानुपर्ने बाटो भने निकै कठिन र जाखिमपुर्ण पनि थियो । हाम्रो यात्राको पहिलो दिन खाँदबारीबाट भर दिनको पैदल यात्रापछि नुम सम्म पुगियो । अर्को दिन हाम्रो पाइलाहरु हेदाङ्गना हुँदै पुर्व तर्फ बढ्यो । दोस्रो रात पनि ओवाकको एक तामाङ परिवारसँग वितायौं । भोलीपल्ट ओवाकबाट चसुवाटार, नेवारे र देउराली हुँदै हामी अघि बढ्यौ । नाक ठोक्किने ढुङ्गा खोपेको उकालो काटेपछि पुगिने सानो सुन्दर र अन्तिम गाउँ नै हाम्रो गन्तब्य थियो । वरिपरि हिमालले ढाकेको यो गाउँमा त्यसबेला करिब २०–२२ वटा घरहरु मात्र थिए । ति पनि सबै नावा (भोटे) जातिका मात्र । हरेक घरमा तीन पुस्ता संगै बस्ने र त्यसमा पनि प्रशस्तै केटाकेटीहरु । ब्यक्तिगत सरसफाइ र परिवार नियोजनका बारेमा उनीहरुसंग सायदै ज्ञान थियो । सानो र समथर गाउँ भएपनि निकै उचाइ भएका कारणले प्रशस्त हिउँ पर्ने गर्दथ्यो । अन्नपातको नाममा अलि अलि गहुँ र आलु बाहेक अरु केही नहुने । चौरीपालन र व्यापारबाट त्यहाँको जनजीवन चल्दथ्यो । त्यहाँका बासिन्दाहरुको तिव्बतीसँग मिल्ने रहनसहन, भाषा र संस्कृति थियो । त्यसबेलासम्म त्यो गाउँमा ५ कक्षा पास गर्ने मान्छे कोही पनि थिएनन् । हामीलाई ओवाकमा केही बर्ष बिताएका ओझा थरका एकजना शिक्षकले राम्रो सहयोग गरे । गाउँ बैठक बोलाइयो । सबैले बिद्यालय चाहिएको कुरा गरे । गाउँबिचको एउटा सार्बजनिक जमिन विधालयका लागि छुट्याइयो । लाप्साङको बा (नाम भुलेको) को अध्यक्षतामा विधालय संचालक (हाल ब्यवस्थापन) समिति गठन पनि भयो । जनश्रमदानबाट जमिन खार्ने काम तत्कालै सकियो । घरघरबाट र केहि जंगलबाट काटेर आवश्यक काठपात जुटाइयो । सल्ला धुपीको काठ, मालिगो बाट बनेको चित्राको छाना र बारबन्देज गरेर चारकोठे भवन तयार गर्न धेरै दिन लागेन । त्यसमा एक देखि तीन कक्षाका लागि कोठाहरु थिए । कार्यालय र शिक्षक आवास (भान्सा समेत) तयार भयो । खेलमैदान र प्रार्थनाका लागि सानो आँगन पनि थियो । गाउँलेहरुले हामीलाई मासिक रुपमा केहि अन्न दिन्थे । तरकारीको लागि सागपात भन्दा पनि चौरीको मासु (स्या) नै बढि दिन्थे । तिनताका गाउँमै पहिलो पटक आएका शिक्षकहरु सम्मानीत हुन्थे । हरेक घरले हामीलाई निम्ता गर्ने गर्थे । घिउ चिया र भुटेको मकै भटमास चौबिसै घण्टा उपलब्ध हुन्थ्यो । मेरो उमेर पनि सानो थियो । मद्यपान गर्ने बानी पनि थिएन । प्रधानाध्यापकले चाहिँ अन्नपात भन्दा बढी तरल (छ्याङ र आइराक) नै सेवन गर्थे । तातो थुक्पा, चौरीको मासु र भट्मास पनि खुब खाइयो । कहिले काँही सिकार गरी कोशेली पठाइएको जंगली चरा (कालीज) पनि प्रशस्तै खाइयो । योजना बमोजिम विद्यालय तयार र कक्षा सञ्चालन भयो । मेरा विद्यार्थीहरु भने २१ बर्ष सम्मका थिए । दैनिक रुपमा पढाइ लेखाइ शुरु भयो । करिब १६ वर्षको कलिाले मान्छे म । म सानो भएकोले मलाई सबैले आचुङ्मा (सानो) सर भनेर बोलाउँथे । दिनहरु रमाइलो संगै बिते । दैनिक कक्षा संचालन मैले नै गर्थै । चौैमासीक तलब भत्ता निकासा गर्ने, जिल्ला शिक्षा कार्यालय जाने आउने काम मेरै थियो । जसका लागि शिक्षक हाजिरी, विद्यार्थी हाजिरी, विधालय सन्चालक (व्यवस्थापन) समिति बैठकको निर्णयको प्रतिलिपी अनिवार्य समाबेश गर्न आवश्यक थियो । जिल्ला गएर आँउदा वालवालकिालाई कापी र शिशाकलम, अविभावकका लागि साबुन र मसला कोसेली लगि दिन्थे । उनीहरु अति खुशी हुन्थे । त्यसै क्रममा मैले जीवनमा पहिलोपल्ट हिउँ देखेको हो । यसैक्रममा चौरीगोठ र खर्कको यात्रा पनि गरे । तोङबाको पीपा (पिप्सिङ) बनाउने सानो निगालोको सुइरो काट्न जाँदा हिउँको भासमा पुरिएर झण्डै मरेको । उसो त करिव दस महिनाको बसाइमा जम्मा जम्मी आठ–दश चोटी मात्र नुहाएँ होला मैले । स्थानीय भाषा पनि राम्रैसँग बुझ्न सक्ने भएको थिएँ । अहिले पनि त्यो भाषामा सामान्य वार्तालाप गर्न सक्छु । नेपालका अन्य हिमाली जातीहरुले बोल्ने तामाङ, गुरुङ, शेर्पा, थकाली र यो भाषा पनि भोटवर्मेली उपसमुह अन्तर्गत पर्दछन् । हालै स्थानीय शिक्षक सोक्ते भोटेसंग मेरो भेट भयो । हाल त्यस गाउँमा १८ घरधुरी माात्र रहेछन् । जम्मा जनसंख्या ९९ जसमध्ये २१ जना जति ५ वर्ष मुनिका र तर करिब ११ जना मात्र विद्यालयमा भर्ना भएका । बाँकी घर वा चौंरीगोठमा बस्छन् तर पढ्न जाँदैनन् । आजका दिनसम्म आइपुग्दा, त्यसबेलाका ति म भन्दा ठुला मेरा बिद्यार्थीहरु मध्ये कोही शिक्षक, कोहि स्थानीय निकायमा प्राविधिक सेवामा कार्यरत रहेको सुनेको छु । शान्ती क्षेत्र प्राथमिक विद्यालयको नाममा स्थापित सो विद्यालय आज सम्म सञ्चालित छ । यस कुराले म भित्रै देखि गौरवान्वित हुन्छु ।

Wednesday, June 2, 2021

कोभिड–१९ महामारी र आदिवासीहरुको ज्ञान

आदिवासी बौद्धिक बहस संयोजकः डा. युवराज लिम्बु र अमृत योञ्जन–तामाङ मिति, २०७८ बैसाख , २९ गते, साँझ ७ः३० बजे) Topic: कोभिड–१९ महामारी र आदिवासीहरुको ज्ञान प्रस्तोताः डा सुरेश तामाङ, कुमार यात्रु Indigenous Intellectual Discussion Series Coordinators: Dr. Yuba Raj Limbu and Amrit Yonjan-Tamang Topic: Indigenous Knowledge and COVID-19 Presenters: Sur Esh Tamang and Kumar Yatru Date: May 12, 2021 WEDNESDAY Time: 07:30 PM Kathmandu Local Time https://www.youtube.com/watch?v=y8PAQBSYLVY

कोरोना र यसले उब्जाएको सामाजिक चुनौती !

कोरोना र यसले उब्जाएको सामाजिक चुनौती ! केहि ज्ञान भए लिनुहोला गल्ति भए सुझाव दिनुहोला । धन्यवाद ! It's my TV interview about COVID-19 and its Social Challenges/Impacts! Thanks! #covid #interview #Nepal #Government #citizens https://www.youtube.com/watch?v=jugBGvUAPOo

जनताले ऋण बोकेर पालेका नेताले हामीलाई "भेडा" ठान्छन

फेरि कोरोना कै कुरा, देशभर यस महामारीले सबैलाई सताएको छ, यसमा हामी सबै जिममेवार बनौ, सरकार पनि सकृय होस्, अझै सतर्कता र होशियारी आवश्यक छ । यसपाली अलि कडा छ है । My analysis of current COVID-19 crisis in Nepal, and a bit of India and Bhutan. I emphasized on public health & social measures. please watch & let me know if you have any feedback, thanks! #publichealth #Nepal #healthcare #covid https://www.youtube.com/watch?v=TUCViBphMK4

जनस्वास्थ्य, कोरोना, समाज कल्याणको चिरफार

नमस्कार, जनस्वास्थ्य, कोरोना, समाज कल्याणको सन्दर्भमा चिरफार गरियो ! हेरेर र सुनेर ज्ञान लिउँ, केहि सुझाव भए त्यो पनि पाउँ धन्यवाद । Another radio show around public health, coronavirus and social welfare in Nepal. Thank you Khima Gurung and the Gorkhali Radio 106, Pokhara! #publichealth #socialwefare #holistichealth #mentalhealth #foodasmedicine #covidー19 #preventionisbetterthancure https://www.facebook.com/100002640584707/videos/3884929798271668/

Friday, May 28, 2021

शहर छोड अभियान !

अव शहर छोड अभियान चलाउऔं ।हाम्रो गाउँघर जहाँ सफा, हावा, प्रकृतिको छहारी र अलिकति भएपनि मानवता बाँकि छ । जीवनयापन गर्न गाउँमा पनि सम्भव छ भने हामी सबै किन शहर आउन आतुर छौं ? विकास, सुख र सुविधाको नाममा शहरमा धेरै मानिसहरु आज कष्ट सहन बाध्य छौ । यति सम्म कि गाउँका हुने खानेहरु, जमिन्दार र भूतपूर्व जनप्रतिनिधी समेतले यहाँ ज्यामी गर्न बाध्य भएको मैले भेटेको छु । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको लोभ थियो तर खै त ति कुराहरु गरिवको पहँचमा छैन । आजैबाट सबैजनाले आफ्नो गाउँ फर्किने र आफनै ठाँउ बनाउने प्रण गरौं । Why should we all come to the cities when we can still have a better life in the villages? Let us start a movement: "Back to village, back to nature! "Original, organic, happy and healthy life!"

Friday, March 26, 2021

An Encounter with a Rhinoceros [1992] गैंडासंगको जम्काभेट:

गैंडासंगको जम्काभेट: चितवन निकुन्जसंग जोडिएको एउटा पूरानो घटना पो याद आयो ।
२०४६ साल, प्रमाणपत्र तह, दोस्रो वर्ष अन्तर्गत देशका विभिन्न क्षेत्रको भ्रमण चल्दै थियो । सिन्धुपाल्चोक, गोरखा, पोखरा र पाल्पा जिल्लाका कार्यक्रमहरु सकाएर हामी चितवन झर्यौं । कार्यगत अभ्यासका क्रममा हामीले चितवन राष्ट्रिय निकुन्ज अन्तर्गत सौराहामा एक हप्ता बितायौं । हाम्रो पाल सहितको क्याप्प रापती नदि वारीपटि तिरैमा थियो । रामहरि न्यौपानेको संयोजकत्वमा गठित विधार्थी मेस कमिटिमा म पनि सामेल थिएँ । हरेक दिनको फरक तालिका थियो । विभिन्न विषयको अध्ययन र अभ्यास पनि गरिन्थ्यो । राष्ट्रिय निकुन्ज भित्र रहेका पशुपन्छीहरुको आवादी सर्वेक्षण आदी गरियो । वाघको पाइला, हरिणको दिशा (बड्कौला), गैंडाको दिशा (गोबर) का आधारमा पनि तिनको सालाखाला संख्या अनुमान गर्न जानियो । धमिराको ढिस्कोमा कति भालू आउँछन भन्ने पनि । अन्तिम दिनमा रमाइलो साँझ क्याम्प फायर गर्ने योजना भयो । अन्तिम दिन विहानै सबैलाई काठ दाउरा संकलन गर्ने उर्दि भयो । हामी ३ जना (रमेश चौधरी र रामहरि न्यौपाने र म) पनि रापती तरेर घनाजंगलतर्फ लाग्यौं । अन्य साथीहरु पनि आआफ्ना हिसाबले जंगलतिर लाग्यौ । हामी कुराकानी गर्दै अघि बढ्यौं । एउटा निकै ठूलो मुढो (गोलिया) भेटियो । त्यसैलाई तीनै जनाले बोक्ने निधो भयो । हामी काँधमा त्यो मुढो हालेर फिर्ता आउँने क्रममा थियौं । मैले अनायासै साथीहरुलाई जिस्काए । यदि हामीले गैडा भेटे के गर्ने होला ? के गर्ने भाग्ने होला? हामी हाँस्दै थियौं । नभन्दै करिब छ सात कदम अघिल्तिर त एक बयश्क गैंडा मस्त सुतिराखेको रहेछ । म सबसे अगाडि थिएँ । विचमा शिवशंकर पटनवार र रामहरि न्यौपाने पछाडी थिए । मैले एक्कासी चिच्याएर भने “गैंडा” । सर्बैले एक्कासी चिच्याउँदै मुढो फाल्दा जोडले ढ्वागं आवाज पनि आयो । त्यो सुनेर गैंडा पनि तर्सियो र एक्कासी अर्को दिशातिर दौडियो । हामी पनि तितर वितर भयौं । दौडेर म अलि परको रुखमा चढ्न पुगँे । हामीलाई यो सिकाएको थियो । गैडासंग बच्न रुख चढ्नु पर्छ । भालुले खेदे ओरालो र सर्पसंग बच्न उकालो दौडिने कुरा पनि थाहा थियो । अनि मैले साथीहरुलाई बोलाए । रामहरी गायव थिए, रमेश चौधरीको टाढाबाट मलिनो आवाज आयो । सायद त्यो गैंडा पनि निक्कै तर्सियो र भाग्यो । यदि हामी तर्फ बढेको भए म पहिलो शिकार हुन्थे । साना वच्चा साथमा भएका पशुपन्छीहरु आका्रमक हुने डर । तिनीहरुले गौंडामा जम्काभेट भएमा, अति भोकाएको, बिरामी वा घाइते भएमा पनि आक्रमण गर्न सक्छन् । तर भाग्यवस उसंग बच्चा थिएन । हाम्रो दिन वलियो रहेछ ।

Monday, January 4, 2021

धिक्कार छ ती हातहरुलाई

धिक्कार छ ती हातहरुलाई, जो असल कर्म गर्नु भन्दा पसारिन मन पराउँछ, सृजना गर्नु भन्दा चोरी गर्न लम्कन्छ, सीप तिखार्न भन्दा अरुतिर ठडिन खोज्छ, अनि, धिक्कार छ ती हातहरुलाई, जो सीमा स्तम्भ जोगाउनु भन्दा दुइ चोक्टा बेच्न रमाउँछ, सावेल गैँची चलाउनु भन्दा झण्डा र पुल्ठो झोस्दा अघाउँछ, त्यति मात्र हो र ? विचार र तर्क हैन फाल्तु टुक्का सुनेर ताली पड्काउँछ । डा. सुरेश तामाङ पुस २१, २०७७

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...