Welcome, Namaste, Lhasso, Fyafulla, Tashi Delek and Aloha !!!! This is my personal blog (including professional work, travel and family). I have witnessed many amazing and life-affirming moments, and I want to share a few of my favorites from early days to date randomly. Let us make this world a better place to live a happy, satisfied and dignified life. I appreciate your comments and feedback as and when necessary! Good day ! Suresh Tamang, PhD (Nepal)
Friday, March 26, 2021
An Encounter with a Rhinoceros [1992] गैंडासंगको जम्काभेट:
गैंडासंगको जम्काभेट:
चितवन निकुन्जसंग जोडिएको एउटा पूरानो घटना पो याद आयो । २०४६ साल, प्रमाणपत्र तह, दोस्रो वर्ष अन्तर्गत देशका विभिन्न क्षेत्रको भ्रमण चल्दै थियो । सिन्धुपाल्चोक, गोरखा, पोखरा र पाल्पा जिल्लाका कार्यक्रमहरु सकाएर हामी चितवन झर्यौं । कार्यगत अभ्यासका क्रममा हामीले चितवन राष्ट्रिय निकुन्ज अन्तर्गत सौराहामा एक हप्ता बितायौं । हाम्रो पाल सहितको क्याप्प रापती नदि वारीपटि तिरैमा थियो । रामहरि न्यौपानेको संयोजकत्वमा गठित विधार्थी मेस कमिटिमा म पनि सामेल थिएँ । हरेक दिनको फरक तालिका थियो । विभिन्न विषयको अध्ययन र अभ्यास पनि गरिन्थ्यो । राष्ट्रिय निकुन्ज भित्र रहेका पशुपन्छीहरुको आवादी सर्वेक्षण आदी गरियो । वाघको पाइला, हरिणको दिशा (बड्कौला), गैंडाको दिशा (गोबर) का आधारमा पनि तिनको सालाखाला संख्या अनुमान गर्न जानियो । धमिराको ढिस्कोमा कति भालू आउँछन भन्ने पनि । अन्तिम दिनमा रमाइलो साँझ क्याम्प फायर गर्ने योजना भयो ।
अन्तिम दिन विहानै सबैलाई काठ दाउरा संकलन गर्ने उर्दि भयो । हामी ३ जना (रमेश चौधरी र रामहरि न्यौपाने र म) पनि रापती तरेर घनाजंगलतर्फ लाग्यौं । अन्य साथीहरु पनि आआफ्ना हिसाबले जंगलतिर लाग्यौ । हामी कुराकानी गर्दै अघि बढ्यौं । एउटा निकै ठूलो मुढो (गोलिया) भेटियो । त्यसैलाई तीनै जनाले बोक्ने निधो भयो । हामी काँधमा त्यो मुढो हालेर फिर्ता आउँने क्रममा थियौं । मैले अनायासै साथीहरुलाई जिस्काए । यदि हामीले गैडा भेटे के गर्ने होला ? के गर्ने भाग्ने होला? हामी हाँस्दै थियौं ।
नभन्दै करिब छ सात कदम अघिल्तिर त एक बयश्क गैंडा मस्त सुतिराखेको रहेछ । म सबसे अगाडि थिएँ । विचमा शिवशंकर पटनवार र रामहरि न्यौपाने पछाडी थिए । मैले एक्कासी चिच्याएर भने “गैंडा” । सर्बैले एक्कासी चिच्याउँदै मुढो फाल्दा जोडले ढ्वागं आवाज पनि आयो । त्यो सुनेर गैंडा पनि तर्सियो र एक्कासी अर्को दिशातिर दौडियो । हामी पनि तितर वितर भयौं । दौडेर म अलि परको रुखमा चढ्न पुगँे । हामीलाई यो सिकाएको थियो । गैडासंग बच्न रुख चढ्नु पर्छ । भालुले खेदे ओरालो र सर्पसंग बच्न उकालो दौडिने कुरा पनि थाहा थियो । अनि मैले साथीहरुलाई बोलाए । रामहरी गायव थिए, रमेश चौधरीको टाढाबाट मलिनो आवाज आयो । सायद त्यो गैंडा पनि निक्कै तर्सियो र भाग्यो । यदि हामी तर्फ बढेको भए म पहिलो शिकार हुन्थे । साना वच्चा साथमा भएका पशुपन्छीहरु आका्रमक हुने डर । तिनीहरुले गौंडामा जम्काभेट भएमा, अति भोकाएको, बिरामी वा घाइते भएमा पनि आक्रमण गर्न सक्छन् । तर भाग्यवस उसंग बच्चा थिएन । हाम्रो दिन वलियो रहेछ ।
Subscribe to:
Post Comments (Atom)
दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY
मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...
-
It was probably around late-1980s. I was born and raised in Eastern hills of Nepal. My hometown, Tumlingtar was/is a popular trekking route ...
-
आचुङ्मा (सानो) सर ! मैले २०४५ सालमा एसएलसी पास गरे । उसबेला म करिब १६ वर्षको मात्र थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिर्ण भएका मध्य...
-
Pef]sf8f]sf] klxnf] :jfbM e]8faf/Lsf kl08t / bfªsf rf}w/L a'af . @)%^ / %& ;fndf g]kfndf slkm v]ltsf] tTsfnLg cj:yf / ef...
No comments:
Post a Comment