Friday, May 29, 2020

मेरो जन्मस्थान र त्यहाँका तामाङहरुको इतिहाँस

आफ्नो थाकथलो इतिहाँस सबैका लागि प्यारो हुन्छ तामाङ रिमठिम, संस्कृति संस्कारमा ब्यक्तिको पूख्र्यौली खोज्ने त्यस चलनलाई बाप्सा ठुङ्गसा भन्छन् आफ्ना अग्रज पूर्खाहरुको उद्गम थलो आवादी क्षेत्र खोज्ने यो प्रचलन अझै पनि कायम उसबेलाको चलन अनुसार कसको नाममा जग्गा जमिन दर्ता भएको थियो, त्यसबाट पनि कतिपय स्थान विशेषमा को बस्दथे भन्ने कुराको अनुमान गर्न सकिन्छ
 
मेरो गाउँका कतिपय जग्गाहरु कोहि बाहुन दर्ता, कोहि माझी कुमाल दर्ता छन् अन्य कति मगर तामाङहरुको नाममा रहेको केहि बागदल रानाको नाममा भएकोले रानावारी रानाखोरिया भएका छन् अन्य धेरैजसो तामाङहरुको नाममा दर्ता भएका रहेछन् जन्मेको संखुवासभाको तुम्लिङटार सिरान वैधगाउँ यस वरपरका केहि ठाउँहरुको नाम संग पनि हामी तामाङका पूर्खाहको साइनो रहेको पुष्टि गर्ने केहि तथ्यहरु यहाँ पस्केकोछु


. हाम्रो गाउँमाथि मुर्मीछाप भन्ने ठाउँ , जहाँ रहेका ठूला फाँटबारीहरु आज पनि हाम्रौ गाउँका तामाङहरुको स्वामित्वमा नै रहेको
. भोटेबारी नामको जग्गा अझै संगै भोटेखोल्सा भन्ने सानो निरन्तर पानी नबग्ने तर बर्खे भेल बग्ने खोल्सा पनि
. हाम्रो अधिकांश जग्गा जमिनहरुका कागजातमा झाँक्री भोटे दर्ता उल्लेख , जो हाम्रो पूर्खा (जिजुबाजे) थिए
. अरु कति जमिनहरु सुझाव मुर्मी दर्ता हाल काल्दन परिवारहरुको स्वामित्वमा रहेको त्यस्तै इन्द्रमान जजमान दर्ता अहिले भएको जग्गा पनि आज उनकै सन्तान लप्टन योन्जानको परिवारले भोगचलन गरिराखेका छन्
. त्यस्तै, अरुण नदि पारी पटि भोजपुर जिल्लामा पनि तामाङहरु बसेकोले अनुमान गर्न सकिन्छ भोटेटार मठेटार जुन तामाङ भाषामा भटमास लाई मठे भनिन्छ धेरै मठे फल्ने पारिलो चाक्लो जमिनको नाम मठेटार रहेको देखिन्छ
. खाँदवारी भन्दा अलि माथी पांमाको शिरमा भोटेबास भन्ने गाउँ अहिले पनि तर त्यहाँ हाल शेर्पा जातीको बसोबाश देखिन्छ

हाम्रो गाउँ नजिकै रहेका यी केहि स्थानहरुले हामी त्यस ठाउँका आदीवासी हौ भन्ने प्रमाणहरु बोल्छन् त्यसभन्दा पनि अगाडीतर्फ खोजी गर्दा हाम्रो पूर्खा काभ्रेको भुम्लूबाट बसाइ सर्दै पाँचथरको हाङलालुङ गएको रे भन्ने कुरा अग्रजहरु बताउनुहुन्छ त्यहाँ पुस्ता जति बसेपछि हालको अरुण नदितिरको समथर जमिन खोज्दै आई बसेको भन्ने मौखिक भनाइ रहेको हाल सम्मको खोज, छलफल अध्ययनबाट हाम्रा बाजे, बराजु, आखे म्हेमेहरुको बारेमा यो मात्र भन्न सकिन्छ यसमा थप जानकारी सूचनाका लागि अनुरोध


अन्तमा, हिजो तामाङहरुलाई मुर्मी भोटे भनी बोलाउने गरेको थियो त्यसमा मन दुखाउने कुरा पनि भएन तर हेलाको भावले बोलाउनु भने राम्रो होइन काठमाण्डौं वरिपरि अर्थात ताम्सालिङ क्षेत्रका जिल्लाहरुमा अधिकांश तामाङहरुको बस्ति आज पनि सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदि भोटेचौर भोटेनाम्लाङ भन्ने ठूला तामाङ गाउँहरु, वलियो अर्थमा भोटे कुकुर भोटेताल्चा पनि हाम्रो सीप सामार्थको विम्ब हो भन्ने लाग्छ


Thursday, May 21, 2020

सरकारी नीति तथा कार्यक्रममा जनस्वास्थ्यको सवाल

सरकारी नीति तथा कार्यक्रममा जनस्वास्थ्यको सवाल:
डा सुरेश तामाङ र डा रीता थापा


देशको स्वास्थ्य नीति तथा कार्यक्रमहरु रोगव्याधीको रोकथाम, उपचारमा मात्र होइन, सूचना सञ्चार, जनचेतना र व्यवहार परिवर्तनका लागि खोज, अनुसन्धान र तथ्यांक विश्लेषणमा पनि केन्द्रित हुन आवश्यक छ।

सरकारी नीति तथा कार्यक्रममा जनस्वास्थ्यको सवाल ! वरिष्ठ जनस्वास्थ्यविद् डा. रीता थापा र मेरो समिक्षा ! 


https://swasthyakhabar.com/story/32557

Tuesday, May 19, 2020

कोभिड–१९ र स्वस्थ खाना

हाल विश्व नै कोभिड–१९ को महामारीबाट आक्रान्त छ । यो झट्ट हेर्दा जनस्वास्थ्य समस्या हो तर यो मानव जातिमाथिको अहिलेसम्मकै ठूलो महामारी पनि हो । यसका कारणले भित्रिएका विभिन्न समस्यामध्ये खानेकुराको संबोधन एउटा महत्वपूर्ण सवाल हो ।  योसँगै यसले निम्त्याउँदै गरेको खाद्य संकट हाम्रासामु टड्कारो बनेको छ । सहरिया आममानिस (जो खानेकुरा उत्पादन गर्ने ठाउँबाट कोषौँ टाढा छन्) खाद्य संकटको भयबाट सबै भन्दा त्रसित छन् । यिनको दैनिक उपभोग्य विविध खानामा पहुँच कम हुँदै गएको छ । यीमध्ये कतिपय पत्रुखाना खाएर गुजारा गर्न बाध्य भएका छन् । किनकि अहिले बजारमा पोषणयुक्त विविध खानेकुरा पाउनै गाह्रो छ । अधिकांश खानेकुराको बजार मूल्य पनि ह्वात्तै बढेको अवस्था छ ।

कोरोना या यस्ता खालका भाइरसबाट बच्न हाम्रो शरीरको प्रतिरोध क्षमताको योगदान महत्वपूर्ण छ । यस अर्थमा यस्ता महामारीबाट बच्न स्वस्थ खानपिन र सरल जीवनशैली आवश्यक छ । सँगै जनस्वास्थ्य विज्ञहरूका अनुसार प्राकृतिकरूपमा नै रोग प्रतिरोध क्षमता भएका स्थानीय खाना खाएमा मानिसमा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिडबाट बच्न दैनिकरूपमा सन्तुलित आहार सेवन गर्न सुझाएको छ । खासगरी ताजा र कोरा सब्जी, फलफूल र अप्रशोधित खानेकुरा खान र पत्रु खानेकुरा नखानसमेत सल्लाह दिएको छ ।
स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।
अर्कोतिर अहिले हाम्रो रैथानेवाली र स्थानीय खानाको बारेमा पनि चासो बढेको छ । केही उदाहरण हेरौँ : रैथाने खाना, जस्तै– चिनो, काउनो, लट्टे, कोदो, फापर, जौलगायत मूलप्रवाहबाट उपेक्षित बालीहरूको माग बजारमा ह्वात्तै बढेको छ । योसँगै कोरोनाको बन्दाबन्दीमा सहरबासीहरू गाउँघरमा नियमित उपभोग गर्ने सिस्नो, गाभा, निगुरोलगायतका वनस्पतिजन्य खानेकुरा र बेमौसममा खानका लागि तयार पारिने मस्यौरा, किनिमा, गुन्द्रुक र सिन्की सम्झन थालेका छन् । करिब डेढ सालअघि नेताजीहरूले खाएर चर्चित बनेको जुम्ली मार्सी चामल र सिमीलगायतका रैथाने खानेकुरा अहिले फेरि खोजी हुन थालेको छ । यस्ता उत्पादनको माग र बिक्री वितरणसमेत बढेको छ । अहिले पाखा र छेउछाउमा पाइने सिस्नो र जताततै उम्रने लट्टे र बेथे सागको मागसमेत बढेको छ ।

खानामा पहुँच कसको ? 
स्वस्थ खानामा मात्र होइन, अहिले खानेकुराको पहुँच किनेर खान सक्नेका लागि मात्र छ । गरिब र छेउ पारिएका जाति, वर्ग र समुदायको यसमा छैन । तिनका पनि केटाकेटी र महिला अझै जोखिममा छन् । अहिले भकारीमा अन्नपात नभएका साना किसान र दैनिक ज्यालादारीमा गुजारा चलाउने सहरिया श्रमिकहरू ठूलो खाद्य संकटको चपेटामा परेका छन् । यीसँगै सहर वा विदेशमा रहेका तथा रोजगारी गुमाउँदै गरेका आममानिस भोकमरीको मारमा पर्ने जोखिम बढेको छ । पोषणको कुरा त परै जाओस् उनीहरूले पेटभरि खान नपाउने समस्यासमेत जिउँदै छ । आगामी दिनमा यो अझै विकराल बन्दै जाने संकेत देखिएको छ ।

हाम्रो खानामा पोषण  
आजका मानिसको खानपिन र जीवनशैलीमा ब्यापक फेरबदल आएको छ । त्यसैले हामी जस्तो खायो त्यस्तौ बन्छौँ । अखाद्य पदार्थका कारण विभिन्न नसर्ने रोगको दर बढेर गएको छ । दबाइका नाममा विष र छिटो अनि धेरै बाली लिने नाममा गलत रसायनहरूको प्रयोग बढेको छ । जुन माटो, पानी, मानव स्वास्थ्य र पर्यावरणीय हिसावले कुनै अर्थमा पनि लाभदायक छैन । अस्वस्थ र पत्रुखानाको उत्पादन, आपूर्ति र उपभोग भने बढेको छ ।
भारतीय वातावरण तथा खाद्य सम्प्रभुता अभियन्ता वन्दना शिवाको ‘हेल्थ पर एकर’ पुस्तकका अनुसार पनि प्रतिएकर जग्गामा बढी उत्पादन हैन, पोषणयुक्त बाली उत्पादनमा जोड दिनुपर्ने हो तर अहिले बढी फलाउने र पैसा कमाउन बेच्ने लालसाले यो धेरै फलाउनेमै सीमित छ । हाम्रा पढे÷लेखेका मानिस पनि खानका लागि खेतीपाती गर्नेभन्दा पनि व्यावसायिक हुने नाममा यस्तै कृषिमा जोड दिन्छन् । मानव पोषणका लागि हाम्रो खेती प्रणालीलाई व्यापारिक होइन, पोषणमैत्री बनाउनुपर्छ ।

पोषण र जनस्वास्थ्यको सवाल
पोषण र जनस्वास्थ्यको मूल आधार नै खाना हो भन्नेमा अब अलमल छैन । त्यसैले स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।
नोबेल पुस्कार विजेता डा. अभिजीत ब्यानर्जी र एस्तर डुफ्लोका अनुसार गरिब देशहरूमा कुपोषित बालबालिकाहरूको स्वास्थ्य अवस्था अति कमजोर छ । किनकि उनीहरूले खान नै राम्रोसँग पाउँदैनन् । उनीहरू अस्वस्थ र कुपोषित भएपछि शिक्षामा पछि पर्छन् र आफ्नो जीवनका संभावना के छ भन्ने थाहा नपाइ उनीहरूको जीवनको इहलीला समाप्त हुने गरेको उल्लेख छ । उनका अनुसार यी समुदाय आफू, आफ्नो र परिवारका लागि पोषिलो खाना र स्वास्थ्यमा कम खर्च गरेर गुजारा चलाउन बाध्य छन् । अतः उनीहरूको स्वास्थ्य कमजोर, आयु कम र रोग प्रतिरोध क्षमता पनि कम नै हुन्छ । यसैकारण यिनमा यस्ता महामारीको जोखिम पनि बढी नै हुने गर्छ ।

खेतीपाती र पोषणको सम्बन्ध  
नेपालमा बहुसंख्यक साना र गरिब किसान छन् । उनीहरूका प्राथमिक समस्या खानेकुरा, शिक्षा र जनस्वास्थ्यसँग जोडिएका छन् । किसानी गरेर जीवनयापनका यी प्राथमिक आवश्यकता पूरा गर्ने किसानलाई सरकारले ल्याउने नीति तथा कार्यक्रमहरूले छुने गरेको छैन । अहिले कोरोनाको महामारीका कारणले यी समस्या झनै विकराल बन्ने देखिएको छ । यसलाई समयमै सम्बोधन गर्न एकीकृत र सघन कार्ययोजना बनाउन आवश्यक छ । तर स्वास्थ्य, शिक्षा र खानेकुराका लागि गरिने कृषिका कामहरू एकअर्कामा परिपुरक नभई आआफ्नै ढंगबाट सञ्चालित छन् । यिनका बीचमा बलियो सहकार्यबिना यी समस्या सम्बोधन हुन सक्दैनन् तर यिनको एकापसमा संयोजनसमेत छैन । स्वास्थ्य मन्त्रालयका अधिकांश काम अझै पनि उपचारात्मक छन् । स्वास्थ्यका लागि पोषण र खानामा जोड दिएको छैन । उता कृषिलाई उत्पादन बढाउने र आधुनिकीकरणका नाममा विष र रासायनिक मल बाँड्ने गरिन्छ । जुन मानव स्वास्थ्य, माटो, पानी र वातावरणका लागि हानिकारक छन् । तर अधिकांश नीति र कार्यक्रम शिक्षा, जनस्वास्थ्य र खानेकुराको महत्वबारे केही बोल्दैनन् ।
देश संघीयतामा गइसकेको अवस्थामा अब संघीय सरकारबाट अनुदान र विकास बाँड्ने भन्दा स्थानीयरूपमा नै माटो सुहाउँदो विभिन्न प्रयासको थालनी जरुरी छ । एकीकृत खेती प्रणाली, उत्पादन, प्रशोधन र वितरणको दिगो व्यवस्था, बजारीकरण र जनचेतनाका लागि नीतिगत पहल तथा अभ्यासहरू थाल्न ढिला गर्न हँुदैन । स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन, आयातित पत्रुखानामाथि कडा प्रतिबन्ध, औषधिजन्य बाली विकास गर्ने नीति र कार्यक्रमहरू लागु गर्नुपर्छ ।

निष्कर्ष
खाना नै कोभिड–१९ रोकथामको प्राथमिक उपाय हो । मानव स्वास्थ्य, पोषण र रोग प्रतिरोधको आधार नै खाना भएकाले अहिलेको अवस्थामा स्वस्थ खानाको महत्व झनै बढेको छ । मानिसलाई स्वास्थ्य, खेतीपाती र पोषणका लागि खाना भन्ने कुराको चेत आउनैपर्छ । खाद्य प्रणाली नै धेरै हिसाबले प्रभावित भएको हालको अवस्थामा आमजनता नै कुपोषित र कमजोर हुन सक्ने देखिएको छ । अहिलेसम्म मृत्यु भएकाको तथ्यांक हेर्दा पनि कोरोनाले रोग प्रतिरोध क्षमता कम भएका, दीर्घरोगी र स्वास/प्रस्वासका रोगीलाई लगिसकेको छ । जनस्वास्थ्यका अन्य सरोकारसँगै रोग प्रतिरोध क्षमता पनि बढाउन आवश्यक छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:०३ मंगलबार

https://nagariknews.nagariknetwork.com/opinion/213731-1589854687.html

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न: खासगरी गरीब, विपन्न, असहाय बालबालिका, महिला, विरामी (दीर्घरोगी), अशक्त र अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरु बढी जोखिममा पर्नेछन् ।

Tuesday, May 5, 2020

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न

कोभिड-१९ ले ब्युँताएको जनकल्याणको प्रश्न: खासगरी गरीब, विपन्न, असहाय बालबालिका, महिला, विरामी (दीर्घरोगी), अशक्त र अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरु बढी जोखिममा पर्नेछन् ।

The COVID-19 and It's Impacts on Nepal’s Healthcare

The COVID-19 and It's Impacts on Nepal’s Healthcare: Dr Suresh Tamang

The recent novel coronavirus [COVID-19] pandemic has spread all over the world. It has become the most significant public health crisis in decades. It has disrupted the lives, economies, and societies of developed countries such as the USA, Italy, France, Spain, Iran, China, the UK, and Germany as well as lower and middle-income countries (LMICs). As of today, 3,584,174 cases of coronavirus have been registered, of which a total death count of 251,575 and a total recovery...

कोभिड १९ र समाज कल्याणको प्रश्न | NewsKarobar

कोभिड १९ र समाज कल्याणको प्रश्न | NewsKarobar: कोभिड १९ का कारण आज सारा संसार त्रसित र जर्जर बनेको छ । कोरोनाभाइरसको कारण मानव स्वास्थ्य, अर्थतन्त्र र आमसमाजमा विविध समस्याहरु देखिन थालिसकेका छन् । हालको अवस्थामा यस माहामारीबाट बच्नु हामी सबैको लक्ष्य हो । हामी सबैजना विस्तारित बन्दाबन्दी (लकडाउन) को अवस्थामा र्छौं । तर, आउने दिनमा आफू बाँचेरमात्र भएन । यसबाट अति प्रभावित … Continue reading "कोभिड १९ र समाज कल्याणको प्रश्न"

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...