Monday, December 18, 2023

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासाथ गर्मीको असर देखियो । त्यसपछि हामी बुटवलमा प्रदेश पर्यटन परिषदमा सानो अनौपचारिक भेटघाट र छलफल पछि दाङको भालुवाङ गयौं । डिजीएम नेपाल परियोजनाको बारेमा जानकारी र अभिकुखीकरण कार्यक्रमको शिलसिलामा हालै दाङ र रोल्पा जिल्लाको भ्रमण गरियो । कार्यक्रमले समेट्ने स्थानीय गाउँ वा नगरपालिका स्तरमा डिजीएम परियोजनाको बारेमा सरोकारवाला तथा लाभग्राहीहरुका प्रतिनिधीहरुलाई जानकारी र अभिमुखीकरण गर्ने काम सम्पन्न भयो । जसमा दाङका तीन र रोल्पा तथा प्युठानका एक एक गरी पाँच गाउँपालिका र केहि वडाका प्रतिनिधिहरु र कर्मचारी आन्त्रित थिए । जसमा अन्य सहभागीहरु पनि समाशेब भएका थिए जसमा घरेलु उधोग कार्यालयका कर्मचारीहरु, सामुदाियक वन उपभोक्ता सँघ, आदिवासी जनजाति महासँघ र एनएससिका प्रतिनिधीहरु, महिला, युवा उधमीहरु, घरेलु तथा साना उधोग वा उधमशील ब्यक्ति, सँस्था र सहकारीहरु । खासगरी आदीवासी, दलित, महिला, अपाँगता, मधेशी, मुस्लिम तथा अल्पसँख्यकहरुको प्रतिनिधीत्व गर्ने सँस्था निकाय वा सँगठनका प्रतिनिधीहरुलाई लक्षित गरिएको कार्यक्रममा प्रदेशका मुख्य मन्त्री श्री डिल्ली बहादुर चौधरी लगायत अतिथीहरुमा प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव, योजना आयोगका उपाध्यक्ष, वन डिभीजन प्रमुख तथा अन्य विशेष अतिथिहरु आमान्त्रित थिए । गाउँपालिका प्रमुख र उपप्रमुखहरुको बाक्लो उपस्थिती भएको यस गोष्ठिीको रौनक अर्कै थियो । पूर्वनिर्धारीत योजनाअनुरुप कार्यक्रम सहजै सम्पन्न भयो । सहभागीहरुले यो कार्यक्रमको सन्चालन र भविष्यमा आउने चुनौती प्रति चासो र रुची देखाएका थिए ।
दाङको राप्ती उपत्याकाका दूइ रात पछि हामी घोराही र तुल्सीपुरको सामान्य नजर लाउँदै उकालो लागियो । भदभत गर्मीबाट एकैछिनपछि बाह्रकुना काटी होलेरी पुग्दा अर्कै अनुभव भयो । पानी झरी र चिसो वातावरण, १७, १८ सय मीटरको उचाइमा रहको होलेरीमा निकै हावा चल्नेगर्छ । यहाँ बाक्लो कुहिरो पनि लाग्ने रहेछ । यहाँबाट प्युठान, दाङ र रोल्पाका विभिन्न क्षेत्रहरु देखिन्छ । रातभर घनघोर वर्ष भयो । मेरो मन निकै डरायो तर कुनै विपद परेन । विहान सखि गाउँ भ्रमण गर्दा टिमुर र अन्य स्थानयि र आयातित वालीहरुको बारेमा ब्यपाक छलफल भए । लाभग्राही किसानहरुको मार्मीक कुरा पनि सुन्न पाइयो । महिला समूहसँग छलफल गर िहामी होलेरी फर्कियों । त्यसपछि गाउँपालिका अध्यक्षसँग वार्तालाप गर्न हामी उहाँको कार्यालय गयौं । त्रिबेणतिरको यात्रा गर्दा नेपाल ग्रामीण पुनर्निर्माण संस्था अन्तर्गत सन्चालित पोषण सुधार परियोजनाको अवलोकन भयो र त्यसअन्तर्गत छापमा किसानहरुले कुलो सिन्चाइ मार्फ खेति उत्पादन बढाएको पाइयो । परियोजनाद्वारा परिचालित लिङ्दुङ स्थित गोदावरी महिला आमा समुहको अनुगमनका क्रममा लाभग्राहीहरुसँग छलफल भयो । विगतको दाँजोमा स्थानीय किसान परिवारहरुको करेसाबरी र तरकारी उत्पादनमा पहुँच बढेको साथै वालवच्चा र गर्भेणी र दुध खुवाउने महिलाहरुको स्वास्थ्य र पोषण अवस्थामा सुधार आएको अवस्था देखियो । साँझमा खानपीन पछि गाउँपालिका अध्यक्ष लगायत स्थानीय अगुवाहरुसँग केहि समसामयिक विषयमा गनथन भयो । हामी विहान झरीसँगै रुनटीगढि फिर्ता भएर होलेरी रिसोर्टमा आयौं । यस क्रममा जर्मनी सहयोगमा सन्चालित पोषण सुधार परियोजनाका कर्मचारीसँग त्रैमासिक पूनरावलोकन प्रकृयामा सारिक हुन पाइयो । जसमा कर्मचारी र परिवर्तनका वाहकहरुले मेहनतका साथ समूह र समुदाय परिचालन गरेको भान भयो । अधिकाँश महिला, जनाती, मधशेसी र दलित समेत रहको कर्मचारी टालीले रैथाने वाली प्रशवर्धन गरेको सुन्दा शुशी लाग्यो । दाङ फिर्ता हुने क्रममा स्थानीय उधमशिल महिला प्रम कुमारी पुनको घरेलु अल्लो धागा तथा कोसेली उधोग अवलोकन गर्दा गौरवको महशस भयो । करिब एक दर्जन महिलाहरुलाई रोजगारी दिन सफ उनको कडा मेहनत र परिश्रमले आज उनको भित्ताभरि प्रसँशापत्र थिए । हामी हतारमा भैरहवा पुग्यौं तर हाम्रो उडान नर्धिारित समयभन्दा निकै नै ढिला भएको रहेछ । केहि समय घुमफिर र पवनको मिठाइ खरिद गरी हामी विमानस्थल प्रवेश गर्दा रात परिसकेको थियो । विशिष्ठ कक्षको मज्जा दिँदै हामी अन्तत ८ बजेर ३४ मिनेटमा मात्र उडान भर्न सफल भयौं । रातको यात्रा सुरक्षित नै लाग्छ मलाई । तर घर पुग्दा करिब १० नै बजेको थियो होला । यो भ्रमण समग्रमा सफल र अविस्मरणीय रहयो । नयाँ परिवेश, नयाँ ठाँउ र विभिन्न ब्यक्तिहरुसँगको अन्तकृया र भलाकुसारीबाट धेरै कुराहरुको ज्ञान भयो । दाँङ तुल्सीपुर देखि होलेरी हुँदै रुन्टीगढि र त्यसपछि त्रिवेणी सम्मको यात्रा रमाइलो र अर्थपूर्ण रहयो । जसमा ग्रामीण अर्थतन्त्र र आम किसानको दिनचर्या हेर्ने र उनीहरुको दैनिकी अवलोकन गर्ने अवसर मिल्यो । नेपालका पहाडी भेगका किसानको दैनिकी र सामाजिक आर्थिक परिवेशको प्रत्यक्ष अवलोकन र अनुभूति भयो ।
भौगोलिक रुपमा जटिल र विकट भए पनि र राजनैतिक इतिहाँस बोकेको रोल्पा अति सुन्दर छ । यहाँका दूइ गाउँपालिकाहरु रुन्टीगढि र त्रिबेणी दक्षिण पश्चिम भागमा पर्दछ । असार १५ अर्थात किसानका लागि महत्वपूर्ण दिनमा हामी त्यहाँ गएका थियौं । यो रोपाइको मौसम हो । मानो खाएर मुरी उब्जाउने बेलामा किसानहरुको घरदैलो र खेतैमा हामी जान बाध्य भयौं । गाउँ पालिका प्रतिनिधी र स्थानीय समुदायहरुसँग अन्तकृया भए । आदिवासी मगर तथा क्षेत्री ब्रम्हाणको बाहुन्यता रहेको यी दूइ गाउँपालिकाका प्रम्ख तथा अन्य कर्मचारी पनि सहयोगी र उत्साहित थिए ।

No comments:

Post a Comment

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...