Welcome, Namaste, Lhasso, Fyafulla, Tashi Delek and Aloha !!!! This is my personal blog (including professional work, travel and family). I have witnessed many amazing and life-affirming moments, and I want to share a few of my favorites from early days to date randomly. Let us make this world a better place to live a happy, satisfied and dignified life. I appreciate your comments and feedback as and when necessary! Good day ! Suresh Tamang, PhD (Nepal)
Wednesday, January 26, 2022
जनगणना २०७८ र प्रारम्भिक तथ्याँकबारे मेरो छोटो विचार [My views on the National Census and the provisional results]
जनसंख्या राष्ट्रको दायित्व मात्र नभई उत्पादनका लागि चाहिने अत्यावश्यक स्रोत पनि हो । जनस्वास्थ्यको विधार्थी र समाज कल्याण अभियन्ता भएकाले म हरेक दश वर्षमा गरिने जनगणनाको बारेमा चासो खाख्दछु । साथै अनुसन्धानमा पनि सँलग्न भएकोले यसका विधि, तौरतरिका र तथ्याँक सँकलनका अन्य आयामहरुबारे पनि विष्लेषण बेलाबेलामा गर्ने गर्दछु । विगतका कतिपय त्रुटीहरु सच्याएता पनि अझै हाम्रो जनगणनामा केहि नीतिगत, प्राविधिक र ब्यवहारिक समस्याहरु पनि उत्तिकै छन् । यसको डिजाइन देखि फिल्डमा हुन सक्ने मानवीय त्रुटीहरुका बारेमा कसरी सचेत हुने र त्यसको न्युनीकरण कसरी गर्ने भन्ने महत्वपूर्ण कुरा हो । यसको तयारी कै बेलामा नीति निर्माता, अभियन्ता र अनुसन्धाताहरु बिच एथेष्ट छलफल हुन आवश्यक थियो ।
संसारका अन्य देशहरुले पनि आफ्ना जनताको जनसाँख्यिक, सामाजिक र आर्थिक विवरणहरु नियमित रुपमा लिने गर्छन र यो आवधिक रुपमा लिन आवश्यक पनि छ । किनकी हाम्रो समाज, मानवीय र सामाजिक कुराहरु गतिशील छन् । यसले सार्वजनिक र जनस्वास्थ्यका नीति निर्माण गर्न, सामाजिक विकास योजना र आम जनताको दैनिक जीवनस्तर उकास्न के कस्ता कार्यक्रमहरु तय गर्ने भन्ने कुराको लागि पनि निर्देश गर्दछ । तर गणनाका लागि मात्र गरिने गणनाले खास अर्थ राख्दैन ।
यति खर्चिलो र परम्परागत रुपमा गरिने यो गणनामा केहि सुधार आवश्यक छ । देशभरका सबै स्थानिय सरकारले आफनो पालिकाको प्रोफाइल र आवधिक विवरण राख्न सक्दा यो गणना सँघीय सरकारले नगरे पनि हुन्छ । हरेक प्रदेश सरकारले पनि यो आवधिक रुपमा गर्न सक्तछ । अमेरिकामा पनि सँघीय सरकरले आमजनगणनाको अलवा हरेक वर्ष टेलिफोनबाट पनि घरधुरी सर्वेक्षणहरु गर्दछ । त्यसको उद्धेश्य भने अलिक फरक छ । हाम्रो देशमा पनि स्वास्थ्य लगायत अन्य विषयमा पनि नियमित रुपमा साना ठूला केहि सर्वेक्षणहरु हुने गर्छन ।
हिजो सार्वजनिक भएको प्रारँभिक तथ्याँकमा केहि त्रुटीहरु पनि छन् । जस्तै, महिला परुषको मात्र तथ्याँक प्रकाशन गर्दा तेस्रो लिँगी तथा अल्पसँख्यकहरुको चित्त दुख्नु स्वभाविक हो । यहि कुरा भोलि जात, धर्म, भाषा, क्षेत्र र अन्य सामाजिक आर्थिक विवरणमा पनि लागू हन्छ । किनकी जनगणनाले समग्र देशको वास्तविक नक्सा र हरेक जाती, क्षेत्र, सँस्कृति र धर्मको पनि चित्र दिनुपर्दछ । हरेक सचेत नागरिकले आफ्नो तथ्याँकमा उपस्थिती र महत्व बुझन जरुरी छ ।
मेरो विचारमा देशको जनसँख्या वृद्धिदर पहिला अलि धेरै थियो । अहिले केहि कम भएको छ । प्रजनन दर नै घट्नु एक हिसावले सुखद कुरा हो । सरकार र विभिन्न दातृ निकायहरुलेले समेत प्रजनन स्वास्थ्य, परिवार नियोजन र शिक्षामा धेरै लगानी गरेका थिए । आज त्यसैको पनि प्रतिफल आएको हुन सक्छ । एकातिर आज शिक्षा, स्वास्थ्य र जीवनशैली एकदम महँगो भएर गएको छ । त्यसैले विवाह नै नगर्ने, ढिलो विवाह गर्ने र कम वालवच्चा पाउने चलन नै बनिसक्यो । यो प्रजनन् अधिकारको हिसावले पनि ठिक छ । महिला अधिकार र सचेतनासँगै गर्भपतनले कानूनी मान्यता पाउनु र गाउँ शहरसम्म ऐछिक गर्भपतन सेवा विस्तार हुनाले पनि जन्मदर घटेको हो भन्न सकिएला । शिक्षा र चेतनाको विस्तारसँगै परिवार नियोजनका साधनको सरल पहुँच र उपलब्धताले पनि यसमा योगदान गरेको हुनुपर्छ । अर्को महत्वपूर्ण कुरा वातावरणीय प्रदुषण र अखाध्य विषादीको प्रयोग ज्यादै बढेको छ । हाल बजारमा उपलब्ध अधिकाँश खानेकुराहरु विषाक्त छन् । यसका करणले पनि सायद मान्छेको सन्तान उत्पादन क्षमता नै पनि कमजोर भएको हो कि ? यसमा भने थप अध्ययन हुनु जरुरी छ ।
अन्तमा देशैभित्र अस्थाइ स्थानान्तरण र देश वाहिर पनि ठूलो सँख्यामा नेपालीहरुको आवागमन र आवादी कायम छ । यस गणनामा के कति छुटे र के कति दोहोरिए त्यसको पनि यकिन भएको छैन होला । उसो त सिधा हेर्दा दश वर्षमा केवल २७ लाख मात्र जनसँख्या बढेको हुँदा यो कतै मानिसहरु धेरै छुटेको त हैन भन्ने शँका पनि गर्न सकिन्छ । अर्को कुरा धेरै युवाहरु बिदेशीएकोले गर्दा यो अवस्था आएको भन्ने खालका थुप्रै ठट्यौलीहरु पनि सामाजिक सन्जालमा आएको छ ।
For the detailed reprot: https://drive.google.com/file/d/1Osae5hMp0Fzi5T_C76darwcuhgzPNM0v/view
Subscribe to:
Post Comments (Atom)
दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY
मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...
-
It was probably around late-1980s. I was born and raised in Eastern hills of Nepal. My hometown, Tumlingtar was/is a popular trekking route ...
-
आचुङ्मा (सानो) सर ! मैले २०४५ सालमा एसएलसी पास गरे । उसबेला म करिब १६ वर्षको मात्र थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिर्ण भएका मध्य...
-
Pef]sf8f]sf] klxnf] :jfbM e]8faf/Lsf kl08t / bfªsf rf}w/L a'af . @)%^ / %& ;fndf g]kfndf slkm v]ltsf] tTsfnLg cj:yf / ef...
No comments:
Post a Comment