Welcome, Namaste, Lhasso, Fyafulla, Tashi Delek and Aloha !!!! This is my personal blog (including professional work, travel and family). I have witnessed many amazing and life-affirming moments, and I want to share a few of my favorites from early days to date randomly. Let us make this world a better place to live a happy, satisfied and dignified life. I appreciate your comments and feedback as and when necessary! Good day ! Suresh Tamang, PhD (Nepal)
Thursday, October 2, 2025
जेन्जीको अविभावक पुस्ताको अविरल भोगाइ !
जीवन एक अविरल याात्रा हो । हाम्रो समाज परिवर्तनशील छ । हामी जेन्जीको अविभावक पुस्ता हौं । हामी अघिका दोस्रो विश्वयुद्ध पश्चात जन्मिएका (बेबी बुमरहरु) को आफ्नै कथा ब्यथा र भोगाइहरु छन् । तर खरी ढुँगा र स्लेट बोक्ने भन्दा हामी पनि एक हिसाबले अलि भाग्यमानी पुस्ता हौं भन्ने लाग्छ । जहाँ सम्म हामी जन्मने र हुर्किने बेला आज भन्दा अति नै कठिन थियो । सडक सन्जाल थिएन, मैले एसएलसी पास गर्दा सम्म जिल्लाका सदरमुकाममा बिजुली थिएन । तर कमसेकम हामीले त विधालय देख्न, अक्षर पढन र तन्नेरी हुँदा कम्प्युटर समेत चलाउन पार्यौ । आजका वालवालिकाहरु सँगसँगै हाम्रो हातमा पनि मोवाइल छ, मोटरकार र हवाइजहाज आदी सुविधा भोगीरखोका छौं ।
मेरो आफ्नै अनुभवमा पनि हाम्रो भोगाइहरु विचित्र छन् । अझै कति देख्न र भोग्न पाइने हो त्यो समयले बताउला । केहि सम्झन लायक घटनाक्रम यहाँ पस्केको छु ।
मेरो बाल्यकाल जहाँ बित्यो, त्यहाँ मोटर थिएन तर हवाइमैदान भने थियो । उसताकाको एकमात्र शाहि नेपाल वायु सेवाका दैनिक नियमित उडान थिए । मेरो पिता काम गर्ने हुँदा हामी सहजै विमानसम्म जाने र वेलावखत मिठाइ खाने गर्थेम । करिब २०४१ वा २०४२ सालमा पहिलो पल्ट म ७० रुपैँयामा विराटनगर उडेको हो ।
त्यसपछि केहि राजनैतिक अनुभवका कुरा गरौ । २०३६ सालको बहुदल निर्दलको आन्दोलन रहेछ । सानै भएकाले मूल कुरो बुझिएन । तर रातो र निलो रँगको रडाको थियो । त्यो लफडामा छिमेकी काकालाई पन्चायतका झोलेहरुले भक्कुमार कुटेका थिए । पछि निर्दलिय ब्यवस्थाको जीत गराएपछि विजय जुलुसमा हामीलाई खाँदवारी लगियो । सत्ताधारीको आदेश मान्दै हाम्रा प्रअ र शिक्षकहरुले हामी वालवालिकालाई दूरपयोग गरीे सत्ताको गुलामी गर्न लगिएको थियो ।
मैले एसएलसी पास गरिसकेपछि २०४५ सालमा भारतीय नाकाबन्दी भयो । यसले गर्दा पहाडमा नुनतेल अभाव भयो । मेरो क्याम्पस जाने क्रम पनि केहि ढिला भएको थियो । अर्को साल २०४६ मा देशब्यापी जनआन्दोलन भयो । आफु हेटौंडामा कलेजको विधार्थी भएकाले जनआन्दोलनको भुक्तभोगी भएँ । सायद पहिलो सहिद त्यहिँ भएका थिए । तत्कालनि युवा तथा खेलकुद मन्त्री कमल थापाहरुको विगविगी थियो । केहि दिन अघि मण्डले दादाहरुले होस्टेलमै आएर धम्की दिए । हाम्रा होस्टेल वार्डेन र खेल शिक्षकले २४ घण्टामा कोठा छाड्ने उर्दी दिए । म मित्र हरिशरण पाठकसँग केहि दिन चितवनको धुसेरी गएँ । चैतको महिना उग्र गर्मी थियो । पर खेतमा पम्पसेटको आवाज आउँथ्यो । हेटौंडाबाट सार्वजनिक बसमा रु ८ भाडादर थियो । तर हामी मालवाहक ट्रकमा रु ३ मा गयौं ।
२०५० चैतबाट मैले गैसस क्षेत्रमा काम गर्न थाले । चितवन, पोखरा, काठमाण्डौं र हेटौंडा सर्दै थिएँ । २०५२ देखि माओवादी जनयुद्ध चल्यो । यस कालमा मेरो कार्यक्षेत्र खासगरी मकवानपुर थियो । तर काम विशेषले अन्य जिल्ला र काठमाण्डौं भ्रमण गर्ने क्रममा विविध भोगाईहरु भए । समग्रमा कुनै नराम्रो अनुभव भएन । मातृ शिशु स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकोले हामी गाउँघर जानआउन सक्थ्यौं । प्रहरी प्रशासन केवल सदरमुकाममा मात्र भएको बेला पनि हामी विभिन्न ठाउँमा कार्यक्रम चलाउँथ्यौं । उसो त बेलाबखत छापामारहरुसँग जम्काभेट पनि हुन्थ्यो । हामीहरु सरकार तथा युद्धपक्षबाट जहिले पनि शँकाको घेरामा रहनुपर्ने हुन्थ्यो ।
यसै विच २०५८ राजदबरवार हत्याकाण्ड भयो । तत्कालीन राजा वीरेन्द्रको बंश नाश भयो । केहि समय ज्ञानेन्द्र राजा भए तर उनकै हरकतले निरंकुश जहानिया शासन ढल्यो । देशमा परिवर्तन आयो । प्रजातन्त्रको पूनवहाली भयो । नयाँ शासन ब्यवस्था लागु भयो ।
म बेलायत पढ्न जान लागेको थिएँ । इराकमा १२ जना नेपालीलाई गोली हानी मारियो र देशमा तहल्का भयो । बन्दाबन्दीले मेरो भिसा ढिला आयो । पहिलो मोड्युल करिब १ महिनाको पढाई छुटेकाले अर्को बर्ष दोहोराएँ ।
२०६२, ६३ को मधेस आन्दोलनमा म जनकपुरमा कार्यरत थिएँ । बेलायतबाट पढेर आउनासाथ मेरो बढुवा सरुवा नयाँ परियोजनाका लागि त्यहाँ भएको थियो । धनुषाको गाउँ गाउँमा काम थियो । मधेश आन्दोलनकोे म प्रत्यक्षदर्र्शी थिए । आदोलनको पहिलो दिन मेरा मातापिता धरानबाट काठमाण्डौंका लागि रवाना भएका थिए । सारा यातयातका साधन लहानमा रोकिए । दर्जनौं मकालु र अग्नि यातायातका बसहरुमध्ये एउटामा मेरो बाबाआमा । ढाका टोपी लगाएका मेरा पितालाई पहाडी है भन्दै आन्दोलनकारी भाइहरुले भाटा हानेका थिए रे । त्यसपछि कृषि विकास बैंक इनरुवामा कार्यरत मेरा दाजुले उहाँहरुको उद्धार गरी धरान फिर्ता लानुभयो । धेरै पहाडी मुलका मानिसहरुले मधेश छाडे । हेटौंडाको जग्गाले आकाश छोयो ।
२०४५ को भूकम्प पनि म थाहा पाउँछु । विहान सबेरै आएको म हतपत हाम पाmलेर आँगनमा गएँ। हाम्रोतिर खासै क्षति भएन तर धरान पुरानो बजार ध्वस्त भयो । धेरै मान्छ पनि मारिए । तर २०७२ महाभुकम्पमा भने म अमेरिकामा थिएँ । उहाँ पनि म परिवारसँग हवाइमा नभइ ओहाइयो र पराकम्पका बेला पनि वासिँगटन डिसीमा थिएँ । हेर्दाहेर्दै विध्वँश र रुवाबासी भयो । हामीले पनि पिडीतहरुका लागि राहत सहयोग जुटाएर पठायौं । यहाँका बदमासहरुले केहि दूरपयोग गरेछन् । दुख लाग्यो । गत सालको पश्चिम रुकुम र जाजरकोटको भुकम्पमा भने म प्रत्यक्ष सहभागी भएँ । भूकम्प लगतै हाम्रो टोली त्यहाँ पुग्यो । केहि उद्धार र राहत राहत वितरण साथै पूनर्निर्माणको काममा म प्रत्यक्ष सम्मिलित भएँ । करिब १० दिनको बसाईपछि तिहारमा मात्र घर फर्किए ।
सन्सार हल्लाउने कोभिड १९ पनि भोगियो । यस कालमा भने अनेक अनुभवहरु भयो । स्वास्थ्य क्षेत्रमै काम गरेकोले हिडडुल गर्न कठिन बेलामा पनि २, २ पटक ताप्लेजुङ देखि बैतडीसम्मको यात्रा गरियो । भाइजर लगाएर जहाजमा उडियो भने घरमै बसेर पनि काम गरियो ।
२०८२ को जेन्जी आन्दोलनमा भने म मधेश यात्रामा थिए । केहि दिन बारा, पर्सा र रौतहटको काम सकेर हामी सर्लाही पुगेको थियौं । त्यहि बेला देशभर आगो बल्यो । हामी २ दिनसम्म लालबन्दीमा बन्दी भयौ । युनाइटेड होटलको छतबाट नगरपालीका, प्रहरी कार्यालय र केहि स्थानका धुँवा अनि सडक जाम हेरौ ं। त्यस पनि एकदिन जनकपुरमा अलपत्र परेर पनि जिम्मेवारीका काम सम्पन्न गरी बल्ल काठमाण्डौ उड्न पायौं ।
हामी जेन्जी को अविभावक पुस्ताका धेरै जना बल्ल ५०, ६० को दशकमा छौं । अनेक भोगाईका बावजुद जीवन चलेकै छ तर अझै के के देख्नु भोग्नु पर्ने हो? त्यो समयले बताउला । केहि दुख, केहि गर्व अनि अनेक उतार चढाव । तर हामी इतिहास कै एक भाग्यमानी पुस्ता हौ भन्ने लाग्छ ।
अन्तमा वास्तविक जेन्जीको मनोवल बढाउन सबैले सहयोग गरौं । जेन्जी केवल उमेरको कुरा होईन, यो त चेत, विवेक र समाबेशिताको प्रश्न हो । वाक स्वतन्त्रता, जवाफदेही सरकार र भ्रस्टाचार शुन्य समाज जस्ता उनीहरुको जायज मुद्दामा सबैले सहयोग गरौं । नक्कलि जेन्जी देखि सावधान ।।।
Subscribe to:
Posts (Atom)
जेन्जीको अविभावक पुस्ताको अविरल भोगाइ !
जीवन एक अविरल याात्रा हो । हाम्रो समाज परिवर्तनशील छ । हामी जेन्जीको अविभावक पुस्ता हौं । हामी अघिका दोस्रो विश्वयुद्ध पश्चात जन्मिएका (बेबी...

-
जीवन एक अविरल याात्रा हो । हाम्रो समाज परिवर्तनशील छ । हामी जेन्जीको अविभावक पुस्ता हौं । हामी अघिका दोस्रो विश्वयुद्ध पश्चात जन्मिएका (बेबी...
-
पुस्तक समिक्षाः योगमाया बन्दाबन्दीका बेलामा निलम कार्की निहारिका लिखित योगमाया पढेँ । ५०० माथि पेज भएको यो सत्य घटनामा आधारित ग्रन्थ ह...
-
Pef]sf8f]sf] klxnf] :jfbM e]8faf/Lsf kl08t / bfªsf rf}w/L a'af . @)%^ / %& ;fndf g]kfndf slkm v]ltsf] tTsfnLg cj:yf / ef...